गुल्मेली महिलाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची तथा नक्सा उपहार
संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका सांसद कमला विश्वकर्मासहितका गुल्मेली महिलाहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची, फूलको माला, सियो, धागो र नेपालको नक्सा उपहार पठाएका छन् ।
सरकारले आफ्ना माग सुनुवाइ नगरेपछि गुल्मीका महिलाहरूले विरोध स्वरुप प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र सहित कैँची, फूलको माला, सियो, धागो र नेपालको नक्सा उपहार पठाएको सांसद कमला विश्वकर्माले बताइन् ।
नाराबाजी सहित प्रजिको कार्यकक्षमा महिलाहरू पस्न खोज्दा प्रहरीले रोक्न खोजेपछि केहीबेर धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडि प्रहरीले लगाएको घेरा तोडेर भित्र प्रवेश गरेका महिलाहरूले केहीबेर सरकार विरोधी नाराबाजी गरेका थिए ।
फूलको माला जस्तै गरी मिलेर बसेका जनतालाई कैँचीले काटे झैँ गरी काट्ने षड्यन्त्र सरकारले गरेको भन्दै तत्काल यो कदम फिर्ता गर्न उनीहरूले आग्रह गरेका छन् ।
प्रजिअ ढुङ्गानाले महिलाहरूबाट प्राप्त सामग्रीसहित ज्ञापनपत्र आजै प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए । भोलि प्रदेशकै विषयलाई लिएर युवाहरूले जनमत सङ्ग्रह गर्ने कार्यक्रम राखेका छन् ।
सरकारले संविधान संशोधनमार्फत पाँच नम्बर प्रदेशलाई अलग्याउन लागेको भन्दै १५ दिन देखिको बन्दले जनजीवन कष्टकर बनेको छ । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ, नागरिक समाज, नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दललगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ ।
सरकारले ५ नं. प्रदेश टुक्र्याउन गरिएको प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…