गुल्मी अदालतको फैसला कार्यान्वयनको अवस्था कमजोर
जिल्ला अदालत, गुल्मीको फैसला कार्यान्वयनमा अवस्था कमजोर देखिएको छ । जिल्ला अदालतले सार्बजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १० करोड ९६ लाख ७ हजार १ सय ६० रूपियाँ जरिबाना कार्यान्वय गर्न बाँकी रहेको छ ।
जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारी तहसिलदार रामबहादुर कुवंरले जन्म स्थान गुल्मी भएका देशभरबाट कैद तथा जरिबानाको लगत आउने, व्यक्ति फरार र जनशक्ति कम भएका कारण कार्यान्वयनमा समस्या देखिएको बताउनु भयो । कुंवरले फैसला कार्यान्वयनको विवरण हरेक निकायमा पुग्ने भएकाले अदालत र प्रहरीले मात्रै नभएर सबै तहको सहयोग आवस्यक रहेको बताउनु भयो ।
फैसला कार्यान्वयनमा कमजोर भएपनि मुद्दा फर्छयौटको अवस्था भने राम्रो रहेको अदालतले जनाएको छ । आर्थिक वर्ष ०७९ /८० मा जिल्ला अदालतले लक्ष्यभन्दा १ सय ४ थान बढी मुद्दा फर्छयौट गरेको छ । आर्थिक वर्ष ०७८ /०७९ बाट जिम्मेवारी सरेर आएका १ सय ८९ मुद्दा थिए । गत आर्थिक वर्षमा ४ सय ७२ थान गरेर ७ सय १२ थान मुद्दा मध्ये ५ सय ७६ थान अर्थात ८०.८९ प्रतिशत मुद्दा फर्छयौट भएका छन् । अदालतको योजना अनुसार गत वर्ष फर्छयौट गर्नुपर्ने ४ सय ७२ थान मुद्दा रहेको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो ।
जिल्ला अदालतले सार्बजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९ / ०८० मा २८.३९ प्रतिशत कैद र २.४१ प्रतिशत जरिबाना फर्छयौट गरेको छ । आर्थिक वर्ष ०७८ /०७९ मा ४ सय ९६ बर्ष ६ महिना १ दिन कैद जिम्मेवारी सरेर आएको थियो ।
आर्थिक बर्ष ०७९ /०८० मा दर्ता भएको ३ सय २१ वर्ष २ महिना १५ दिन गरेर ८ सय १७ वर्ष ८ महिना १६ दिनको जम्मा लगत मध्ये २ सय ३२ वर्ष ६ महिना २१ दिन कैद फर्छयौट भएको छ ।
अदालतले अहिलेसम्म ५ सय ८५ वर्ष १ महिना २५ दिन कैद फर्छयौट गर्न बाँकी रहेको फैसला कार्यान्वयन अधिकारी कुवंरले जानकारी दिनुभयो । त्यस्तै जरिबाना तर्फ आर्थिक बर्ष ०७८ /०७९ मा जिम्मेवारी सरी आएको ८ करोड ४७ लाख ६५ हजार ६ सय २७ र नयाँ दर्ता २ करोड ७५ लाख ५८ हजार ६ सय ४ सहित कूल ११ करोड २३ लाख २४ हजार २ सय ३२ मध्ये २७ लाख १७ हजार ७१ रूपियाँ मात्रै फर्छयौट गरेको छ ।
जिल्ला अदालत गुल्मीमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध बिच्छेदका दर्ता हुने गरेका छन् । आर्थिक वर्ष ०७९/८० मा सम्बन्ध बिच्छेदका ३ सय ८२ थान मुद्दा दर्ता भएका थिए । जसमा २ सय २८ थान मुद्दा फर्छयौट भएका छन् । त्यस्तै बलात्कार सम्बन्धी ३५ थान मुद्दामा २७ थान फर्छयौट भएर सात थान बाँकी रहेको अदालतले जनाएको छ । मृत्युको न्यायीक घोषणाका ८२ थान मुद्दा दर्ता भएकोमा ६३ थान फर्छयौट भएका छन् ।
जिल्ला न्यायाधीश बसन्तराज पौडेलले आम नागरिकलाई अदालत प्रतिको बिश्वास कायम राख्न सेवा प्रवाह छिटोछरितो बनाउने र कानुनी सचेतना जगाउने बिषयमा अदालत अगाडि बढेको बताउनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…