गुल्मीमा स्थगित मतदान मङ्सिर ६ गते हुने

  ०७९ मङ्सिर ५ गते

गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–२ अर्वेनीको भगवति माविमा मतदान केन्द्रमा स्थगित भएको मतदान मङ्सिर ६ गते हुने भएको छ ।

निर्वाचनमा खटिएका कर्मचारीहरूले प्रतिनिधि सभाको मतपत्रको ठाउँमा प्रदेश सभाको मतपत्र दिएपछि विवाद भएको थियो ।

उक्त केन्द्रमा ७ सय  भन्दा बढी मत खसेपछि दिउसो २ बजेबाट मतदान स्थगीत गरिएको मतदान अधिकृत होमनाथ पौडेलले जानकारी दिनु भयो ।

पौडेलका अनुसार ५५ वटा मतपत्र बिग्रिएका छन् । सर्वदलिय सहमतिको प्रयास असफल भएपछि निर्वाचन आयोगको निर्देशनमा मतदान स्थगित भएको थियो ।


टोपलाल अर्याल