गुल्मीमा स्थगित मतदान पुनः सुरु

  ०७९ मङ्सिर ६ गते

मङ्सिर ४ गते स्थगित भएको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीको भगवति माविमा मतदान केन्द्रमा मङ्सिर ६ गते पुनः सुरु भएको छ ।

मतदान बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा भइरहेको छ भने सुरक्षा प्रमुखहरु सहितको टोली निर्वाचन स्थलमा रहेको छ ।

अपाङ्गता भएका र वृद्ध वृद्धाहरुले टाढाबाट आएर दोस्रो पटक मतदान गर्न आउदा समस्या भएको गुनासो गरेका छन् ।

उक्त मतदान स्थलमा मसिर ४ गते निर्वाचनमा खटिएका कर्मचारीहरूले प्रतिनिधि सभाको मतपत्रको ठाउँमा प्रदेश सभाको मतपत्र दिएपछि विवाद भएको थियो । उक्त केन्द्रमा ७ सय  भन्दा बढी मत खसेपछि दिउसो २ बजेबाट मतदान स्थगित गरिएको थियो।


टोपलाल अर्याल