गुल्मीमा सङ्कलन केन्द्र नहुँदा रगत व्यावस्थापनमा समस्या
गुल्मी अस्पताल तम्घास जिल्लाको सवैभन्दा ठूलो अस्पताल हो । यो अस्पतालबाट गुल्मीसहित अर्घाखाँचीका अधिकांश नागरिकले सेवा पाउँछन् । तर, सङ्कलन केन्द्र नहुँदा रगत व्यावस्थापनमा समस्या हुँदै आएको छ । ५० शैयाको अस्पतालमा दैनिक कम्तिमा २ सय बिरामीले उपचार गर्छन् । जटिल शल्यक्रिया मार्फत प्रसुती समेत हुने भएकाले रगतको आवश्यकता दैनिक पर्ने गरेको छ । जिल्लामा गुल्मी अस्पताल वा अरु कुनै संस्थामा रगत सङ्कलनको व्यावस्था नहुँदा बिरामी र बिरामीका परिवार समस्यामा परेका छन् । अहिलेसम्म जिल्लामा सुरक्षा निकाय र नेपाल रक्तदाता स्वयमसेवी समाजले रगतको आपूर्तिमा सहजीकरण गरिरहेको छ । यो आर्थिक वर्षको ६ महिनामा गुल्मी अस्पतालमा हेमोडायालाइसिस सहित कुल ९७ जनाले रक्तदान गरेका छन् । यो सबै रक्तदान नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी मार्फत भइरहेको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष भेषराज पाण्डे (धुर्ब) ले ब्लड बैङ्क नहुँदा रगत व्यवस्थापनमा आफू र आफ्नो संस्था रातदिन दौडधुप गर्नुपरेको गुनासो गर्नुभयो । आफुहरुसंग आर्थिक स्रोतको कमी, रक्तदाताको सङ्ख्या न्यून, गुल्मी अस्पतालमा रक्तदान गर्ने आधिकारिक कक्षको अभाव, सरोकारवालाहरुको चासो कम हुनु, समाजलाई विपद् व्यवस्थापन समितिमा सहभागिता नगराउनु र रक्तसमुह पहिचान नहुनु लगायतका चुनौतीहरू रहेको बताउनुभयो । पाण्डेयले व्लड बैंक अर्थात संकलन गरेर राख्ने अवस्था कतै नभएकाले आफूले आधा घण्टादेखि एक घण्टाको समयमा रगतको आपूर्ति गर्न ठूलो समस्या रहेको बताउनुभयो । तर, पनि अहिलेसम्म आफूहरूले बिरामीहरूको लागि २४ सै घण्टा हाजिर भएको पाण्डेयले बताउनु भयो । ‘दुर्घटना बाजा बजाएर हुँदैन । धेरै समस्या जिल्लामा सामाना गरिरहेका छौँ । व्लड बैङ्कको लागि सवैले सहयोग गरे समाजले नेतृत्व गरेर अगाडि बढौँ’ - पाण्डेयले भन्नुभयो ।
शुभलक्ष्मी क्लिनिक एण्ड फर्माका सञ्चालक होम बहादुर पल्लीले रगत संवेदनशील बिषय भएकोले अभावमा कुनै बिरामी रेफर हुन नहुने बताउनु भयो । पल्लीले गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले हाललाई भन्दा पनि दीर्घकाललाई सोँचेर समस्या समाधानका लागि ब्लड बैङ्कको स्थापना गर्नेतर्फका कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
गुल्मी अस्पतालमा कार्यरत डाक्टर अर्जुन केसीले १८–६० वर्ष उमेर समूहका सबै स्वस्थ व्यक्तिले रगत दिन मिल्ने भएकाले रक्तदानमा सवैलाई उत्प्रेरित र रगत संकलन तथा व्यावस्थापनमा काम गर्नुपर्ने बताउनु भयो । रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले रगत नहुँदा समग्र स्वास्थ्य क्षेत्र प्रभावित हुने भएकाले आगामी नीति तथा कार्यक्रममा नेपाल रक्तदाता स्वंयसेवी समाजलाई समेटेर अगाडी बढ्ने बताउनु भयो । पन्थीले समाजले गरेको काम प्रशंसायोग्य र समाजिक विकासका क्षेत्रमा नयाँ आयाम भएको बताउनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
यज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
यज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार…