गुल्मीका ४८ मतदानस्थल सम्वेदनशील

गुल्मीका १ सय ३८ मतदानस्थल मध्ये ४८ ओटा सम्वेदनशील रहेका छन् । ९० ओटा सामान्य रहेका छन् ।

सुरक्षा, सडकको पहुँच, राजनीतिक प्रतिस्पर्धा, अघिल्ला चुनावहरूका गतिविधिलगायतका आधारमा मतदानस्थललको बर्गिकरण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गङ्गाबहादुर थापाले बताए ।

आगामी मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि गुल्मीमा १ सय ३८ मतदानस्थलमा २ सय ५१ मतदान केन्द्र तय गरिएको छ ।

स्थानीय तह निर्वाचनमा कायम भएका मतदान स्थललाई नै अहिले कायम गरी ११ ओटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।


टोपलाल अर्याल