गुल्मीका १ सय ६४ स्थान बाढी र पहिरोको जोखिममाः उपयुक्त संरचना नहुँदा विपद्मा विद्यालय बन्दै आश्रयस्थल
यो वर्ष मौषम विद्हरूले धेरै पानी पर्ने प्रक्षेपण गरेका छन् । गुल्मीका १ सय ६४ स्थान बाढी र पहिरोको जोखिममा छन् । गुल्मी आगलागी र पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो ।
विगत पाँच वर्षयताकै तथ्याङ्कका आधारमा सत्यवती र इस्मा गाउँपालिकामा पहिरोको कारण १७ जनाले ज्यान गुमाएका छन् भने सयौँ परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख भए अनुसार जिल्लामा ४० स्थान बाढी र १ सय २४ स्थान पहिरोको जोखिममा रहेका छन् । मुसिकोट नगरपालिकाका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा छन् । छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरोको जोखिममा रहेका छन् ।
त्यस्तै चन्द्रकोटका पाँच स्थान बाढी र १० स्थान पहिरो तथा मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् । अरु स्थानीय तहका थुप्रै स्थान पनि बाढी र पहिरोको जोखिममा छन् । बेलाबखतमा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भए पनि सरकाले जोखिम न्यूनीकरणको लागि ठोस योजना कार्यान्वयन गर्न सकिरहेको छैन । जसका कारण बाढी र पहिरोको जोखिममा रहेका परिवार वर्षातमा ढुक्कले निदाउने अवस्था नरहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेयले बताउनु भयो । उहाँले तीनै तहका सरकार सत्ता खेल र कार्यकर्ता रिझाउने पूर्वाधार केन्द्रित विकासे कार्यक्रममा केन्द्रित हुँदा बाढी र सयौँ परिवार जोखिम मोलेरै बसिरहेको बताउनु भयो ।
बाढी र पहिरोबाट विस्थापितलाई लामो समय राख्ने स्थानीयस्तरमा संरचना छैनन् । ०७६ को पहिरोपछि सत्यवतीको लुम्पेकमा झन्डै भोकमरी भएन । पहिरोका कारण लामो समय सडक बन्द भए । सडक तत्काल सञ्चालन गर्ने स्थानीय सरकारसँग पहुँच थिएन । करिव ७ सय परिवार पहिरोका कारण विस्थापित भएकाले लामो समय विद्यालयमै राखेर व्यावस्थापन गर्ने अवस्था आयो । तर, पीडित परिवारको कारण विद्यार्थीहरू पढ्नबाट वञ्चित भए ।
गाउँमा बस्ने अवस्था नभएपछि विस्थापित परिवारलाई विद्यालयमै राखेर खानपान र बासको व्यावस्थापन गर्ने स्थिति आएकाले स्थानीय सरकारले आवश्यक सेल्टरहरू निर्माण गर्नुपर्ने रेडक्रस सोसाइटी, मुसिकोटका सचिव महेन्द्र घिमिरेले बताउनु भयो । जिल्लामा विपद् व्यावस्थापन समितिले हरेक वर्ष विपद् प्रतिकार्य योजना बनाउने गरेको छ । यो वर्ष पनि सम्भावित विपद्को विषयमा अवगत गराएर प्रतिकार्य योजना निर्माणको क्रममा रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का विनोद वलीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २६ गतेको…