गुलरिया नपा-११ लालपुर र गणेशपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटाइए पनि तनाव यथावत
गुलरिया नपा-११ लालपुरमा असोज १५ गते मोर्हरमको ताजिया र दसैँको मुर्ति बिर्सजन गर्ने समूहबिच बाटो प्रयोग गर्ने विषयमा झडप भई तनाव बढ्दै गएपछि असोज १६ गते बिहानदेखि लगाइएको कर्फ्यु असोज १७ गते बिहानबाट हटाइएको भएपनि सो क्षेत्रमा तनाव हट्न सकेको छैन ।
आज दिनभर बाटो सुनसान रहेको थियो । थप केही हुने हो कि भन्ने डरमा रहेको स्थानीयले बताएका छन् । सुरक्षाकर्मीहरूले घटनास्थल र वरिपरी कडा पहराका साथ बसेका कारण पनि स्थानीय त्रसित भएको बताइएको छ ।
कर्फ्यु हटाइए पनि लालपुर क्षेत्रलाई कडा निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी जनक भट्टराईले बताए ।
विवादित दुवै पक्ष र राजनीतिक दलसहित असोज १६ गते बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले सो क्षेत्रको अवस्था सामान्य बनाउने निर्णय गरेको थियो । सहमतिमा सामाजिक सद्भाव कायम गर्ने, दोषीलाई कारबाही, घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गरिने सर्वपक्षीय निर्णय भएको जनाइएको छ ।
धनमाल क्षतिको छानबिन गर्न समिति बनाउने, जनजीवन सामान्य पार्न तथा थप धनजनको क्षति हुन नदिन सबैले प्रयास गर्नेलगायत घटनाका दोषी उपर कडा कारबाही गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
मानव वेचविखन आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निर्वतमान कानून मन्त्री गिरफ्तार
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । मानव बेचविखन घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ०८१ कात्तिक २५ गते विराटनगर महानगरपालिका-२ स्थित…
वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड
रङ्गेली नगरपालिका-९ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका-९ फर्साडाँगीस्थित वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा ०८१ कात्तिक २२ गते तोडफोड भएको…
बर्दियामा बलात्कारको घटना बढ्दै
बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२…
लोती नदीमा पुल निर्माण नगर्दा तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता
चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण…
भूकम्प पीडित भन्छन् – 'घर पाउने आशा मरिसक्यो'!
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको क्षति गरेको एक वर्ष बितेपनि दोस्रो किस्ताको रकम पाउँदा विचल्लीमा…