गुणस्तरीय शिक्षा प्रदान गर्न लेकम गाउँपालिकाद्वारा विद्यालय समायोजन

  ०८० चैत २१ गते

विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न भन्दै लेकम गाउँपालिका क्षेत्रमा न्यून विद्यार्थी सङ्ख्या रहेको १३ ओटा विद्यालयहरुलाई लेकम गाउँपालिकाद्वारा समायोजन गरिएको छ ।

गुणस्तरीय शिक्षाका अभावमा वर्षेनी विद्यार्थी पलायन हुनु तथा विद्यालय सङ्ख्याको आधारमा विद्यार्थी अपुग भएपछि विद्यालय समायोजन गरिएको गाउँपालिकाले जनाएको छ  ।

विद्यालयमा विद्यार्थी नहँुने तर शिक्षक मात्रै हुने अवस्था आएपछि विद्यालयको तह घटाएर समायोजन गरिएको लेकम गाउँपालिका शिक्षा शाखा संयोजक केशवराज ओझाले बताउनु भयो ।

विद्यालय समायोजनपछि भौतिक पूर्वाधार निर्माण गर्न सहज हुने तथा शिक्षाको गुणस्तर बढाउन समेत मदत पुग्ने बताउँदै विद्यालयको तह घटाएर समायोजन गर्नुको साथै शिक्षक दरबन्दी मिलानको काम सम्पन्न गरिएको संयोजक ओझाले बताउनु भयो ।

संयोजक ओझाका अनुसार मालिकार्जुन आधारभूत विद्यालय उचाकोटलाई कक्षा १—५ सम्म पढाइ हुने गरेकोमा समायोजन गरी कक्षा १—३ कायम गरेको छ । कक्षा ४ र ५ लाई समायोजन गरी मालिकार्जुन मावि तेलिगाउँमा सारिएको छ ।

यसैगरी भैरबनाथ आधारभूत विद्यालय श्रीपुरमा कक्षा १—८ सम्म पढाई हुने विद्यालयको ६—८ समायोजन गरी लटिनाथ मावि चन्दनपूर, चौपताविद्यालयमा सारिएको छ । भैरबनाथ आधारभूत विद्यालय श्रीपुरमा अब कक्षा १—५ कायम गरिएको छ । लटिनाथ आधारभूत विद्यालय गोगना बिरालीमा पनि कक्षा १—८ सम्म पढाइने हुने गरेकोमा गाउँपालिकाले कक्षा ६—८ लाई समायोजन गरी १—५ कायम गरेको छ । सो विद्यालयको कक्षा ६—८ समायोजन गरी लटिनाथ मावि चौपतामा राखेको छ ।

लटिनाथ आधारभूत विद्यालय, मैखोली, लटिनाथ आधारभूत विद्यालय, टकनालाई समायोजना गरिएको छ ।

लटिनाथ आधारभूत विद्यालय मानविसामा संञ्चालित कक्षा १—५ मध्ये कक्षा ४ र ५ लाई समायोजन गरी कक्षा १—३ कायम गरिएको छ । सो विद्यालयको कक्षा ४ र ५ लाई समायोजन गरी लटिनाथ मावि रातामाटामा राखिएको छ ।

लटिनाथ आधारभूत विद्यालय, पैतोलीलाई लटिनाथ आधारभूत विद्यालय, ओडीगाउँमा समायोजन भएको छ ।

तमैराज आधारभूत विद्यालय बुडाकोटमा संञ्चालित कक्षा १—८ मध्ये ६—८ लाई समायोजन गरी कक्षा १—५ कायम गरिएको छ । सोही विद्यालयको कक्षा ६—८ समायोजन गरी गल्लाकेदार मावि, खरकडामा कायम गरिएको छ । लेकम गाउँपालिकाकै लटिनाथ आधारभूत विद्यालय, ओडीगाउँमा संञ्चालित कक्षा १—८ मध्ये कक्षा ६—८ समायोजन गरी १—५ कायम गरिएको छ ।

मालिकार्जुन आधारभूत विद्यालय पातीमा संञ्चालित कक्षा १—५ मध्ये कक्षा ४ र ५ समायोजन गरी कक्षा १—३ कायम गरीएको छ । सोही विद्यालयको कक्षा ४ र ५ लाई समायोजन गरी गल्लाकेदार मावि खरकडामा राखिएको छ । देबी आधारभूत विद्यालय खम्तडमा संञ्चालित कक्षा १ —८ मध्ये कक्षा ६—८ सामायोजन गरी कक्षा १—५ कायम गरीएको छ ।

सो विद्यालयको ६—८ लाई कृष्ण मावि, लालीमा समायोजन गरिएको छ । गणेश मावि गणागाउँ विद्यालमा संञ्चालित कक्षा १—१० मध्ये कक्षा ९—१० समायोजन गरी कक्षा १—८ कायम गरिएको छ । सो विद्यालयको कक्षा ९ र १० हुनैनाथ मावि, कुणी सारिएको छ । यसैगरी बालिचन आधारभूत विद्यालय, भटाइजरमा संञ्चालित कक्षा १—५ मध्ये कक्षा ४ र ५ लाई समायोजन गरी कक्षा १—३ कायम गरिएको छ । सो विद्यालयको कक्षा ४ र ५ लाई हुनैनाथ मावि, कुणीमै कायम गरिएको छ ।

लेकम गाउँपालिकाभरी ४७ विद्यालयमा कुल ३ हजार ७ सय ७ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय सङ्ख्या अनुसार विद्यार्थी नभएपछि विद्यालयहरुलई समायोजन गरी गुणस्तीय शिक्षा प्रदान गर्ने मनसायले समायोजन कार्य गरिएको गाउँपालिकाका प्रवक्ता सुरेरसिंह थापाले बताउनु भयो

उहाँले भन्नु भयो– ‘गाउँमा विद्यार्थी पाउनै छाड्यो । एकातिर शिक्षक मात्रै हुने तर विद्यार्थी नहुने अवस्था आएपछि विद्यालय समायोजन गर्नु प¥यो । समायोजनको लागि फिल्डस्तरमै टोली पठाएर गरिएको हो । पलयान विद्यार्थी रोक्न तथा गुणस्तरीय शिक्षाको लागि विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरेका छौँ ।’

अहिले दरबन्दी मिलानपछि न्यूनतम मापदण्ड अनुसार शिक्षक विद्यार्थी अनुपात कायम गरिएको छ । समायोजन गरिएका विद्यालयको नियमित भर्ना प्रक्रिया वैशाखबाट सुरु हुने र आगामि दिनमा विद्यालयको नियमित अनुगमन गरी शिक्षा क्षेत्रमा सुधार ल्याउने गाउँपालिकाले जनाएको छ ।

यसअघि जिल्लाको मालिकार्जुन गाउँपालिकाले शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजनको काम सम्पन्न गरेको थियो ।

 


नरेन्द्रसिह कार्की