गुठी जग्गाका कारण भूकम्प पीडित अनुदान सम्झौताबाट वञ्चित
सरकारले भूकम्प पीडित आवास निर्माणका लागि अनुदान दिन सुरु गरे पनि रसुवाको हाकु गाविसमा रहेका ४ सय ५० परिवारले अनुदान सम्झौता गर्न पाएका छैनन् ।
हाकु गाविस वडा नं २ देखि ७ सम्मका ६ ओटै वडाका ४ सय ५० घरपरिवारले चर्चेको जमीन र घर समेत पुरानो स्वयम्भुनाथ गुठीको नाममा रहेका कारण उनीहरू अनुदान सम्झौताबाट वञ्चित भएका हुन् ।
त्यस्ता परिवारसँग सम्झौता गर्ने नीति नभएको भनेर गाविस सचिवले भनेपछि उनीहरू भूकम्प पीडित आवास निर्माणका लागि सम्झौता गर्नबाट वञ्चित हुनुपरेको स्थानीयले बताएका छन् ।
पुस्तौँदेखि बस्दै आएका पीडितहरूसँग आफ्नो नाममा जग्गाधनी प्रमाण पुर्जा नभएकोले अनुदान सम्झौता गर्न कठिनाइ भएको छ ।
भूमिअधिकार मञ्च रसुवका अनुसार हाकु गाविसमा ४ सय ५० परिवारको जग्गा गुठीको भएका कारण अनुदान सम्झौतामा समस्या भएको हो ।
हाकु गाविसमा ८ सय ३३ घरधुरी रहेका छन् । हालसम्म ३६ घरपरिवारसँग मात्र भूकम्प पीडित आवास अनुदान सम्झौता भएको हाकु गाविसका सहायक बुचुङ तामाङले बताए । सरकारले निर्णय गरेपछि मात्र गुठीको बारेमा काम अघि बढ्ने तामाङले बताए ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…