गिरफ्तार भएका वडा अध्यक्षलाई रिहाइको माग गर्दै ज्ञापन पत्र
गोसाइकुण्ड गाउँपालिका-१ का वडा अध्यक्ष उर्केनछिरिङ तामाङलाई बिना कारण प्रहरीले गिरफ्तार गरेको प्रति आपत्ति जनाउँदै स्थानीय तथा नेकपा (एमाले) ले तत्काल रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ०८० कात्तिक १८ गते ज्ञापन पत्र पेस गरेका छन् ।
गोसाइकुण्ड गाउँपालिका-१, थुमन गाउँमा कात्तिक ५ गते राति खाना खाइरहेको अवस्थामा भएको झडपमा ६३ वर्षीय भेण्डा भनिने फुर्पुछिरिङ तामाङलाई सोही ठाउँका ४२ वर्षीय काले भनिने छिरिङ तामाङको एक समूहले धारिलो हतियार प्रयोग गरी कुटपिट गरी घाइते पारेका थिए । घाइतेको उपचार कात्तिक ६ गते काठमाडौँस्थित न्यूरो अस्पतालमा भयो ।
सो घटनाको विषयमा वडा अध्यक्षको पहलमा पटक पटक वडा तथा प्रहरी चौकी, थुमनमा छलफल गरी मेलमिलाप गर्न खोजे पनि पीडित पक्षले नमानेपछि प्रहरी चौकी, थुमनले मोटरसाइकलमा राखेर कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय लैजाने क्रममा स्थानीय दावा तामाङको गुडिरहेको मोटरसाइकलमा बसेका छिरिङले मोटरसाइकल पल्टाई भागेर रोङ्गा भिरबाट तल झरेर रोङ्गा खोलामा हाम फालेर बेपत्ता भएका थिए ।
घाइतेका परिवारले कात्तिक ७ गते प्रहरी चौकी, थुमनमा उजुरी दिएको विषयमा प्रहरी चौकी, थुमन र वडा कार्यालयमा छलफल गरी सहमति हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय पठाउने क्रममा वडा अध्यक्ष र स्थानीय प्रहरीको मिलेमतोमा बेपत्ता पारिएको भन्ने उजुरीको आधारमा कात्तिक १४ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले बताउनु भयो ।
निर्दोष वडाध्यक्षलाई फसाउने नियतले उजुरी परेको घटनालाई सहजिकरण गर्ने तथा घाइतेको उपचारको लागि समेत सहयोग गरेको वडा अध्यक्ष निर्दोष हुनाले रिहाइको माग गरेको स्थानीय निमा तामाङले बताउनु भयो । उहाँको तत्काल रिहाइका लागि नेकपा (एमाले) ले कात्तिक १८ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गरेको छ । एमाले जिल्ला अध्यक्ष कन्न्याल लामाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा घटनाको आरोपित र अभियुक्त बनाउन खोजिएकोले तत्काल तीन दिनभित्र रिहाइको माग गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरे, नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, जिल्ला सचिव जनार्दन ढकाललगायतको उपस्थितीमा उक्त ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावली र जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकी समक्ष पेस गरेका हुन् । तीन दिनभित्र माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने अध्यक्ष लामाले बताउनु भयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…