गिरफ्तार गरिएका पत्रकार इन्सेकको रोहबरमा हिरासत मुक्त
जिल्ला प्रहरी कार्यालय कालिकोटको रेडियोको कार्यकक्षबाट गिरफ्तार गरिएका रास्कोट नपा–२ बस्ने २७ वर्षीय पत्रकार कर्ण विश्वकर्मा चैत १४ गते इन्सेककर्मी र पत्रकारको रोहबरमा हिरासत मुक्त भएका छन् ।
विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार सङ्घमा लागि सो पार्टीको प्रचारप्रसार गरेको आरोपमा प्रहरीले विकलाई चैत ७ गते गिरफ्तार गरेको थियो ।
पत्रकार विश्वकर्मालाई प्रहरीले दैनिक तारेखमा हिरासत मुक्त गरेको जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा आस्था राखेको आरोपमा पत्रकार विश्वकर्मालाई गिरफतार गरेको भए पनि प्रहरीले सार्वजनिक अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा पत्रकार विश्वकर्मा निर्दोष भेटिएकोले उनलाई मानवअधिकारकर्मी तथा पत्रकारको रोहबरमा हिरासत मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…