गाविस सचिव नहुँदा भूकम्पपीडितका लागि अनुदान सम्झौतामा समस्या
गाविसहरूमा गाविस सचिव नहुँदा भूकम्प पीडितसँग पुनःनिर्माणको अनुदान सम्झौता गर्न समस्या परेको छ ।
अनुदान सम्झौताको लागि गाउँगाउँमा प्राविधिकहरूको टोली खटिएर गए पनि प्राविधिकहरू भने बेकामे बनेका छन् । भूकम्प पीडितहरूसँग अनुदान सम्झौता गर्न गाविस सचिवलाई जिम्मा दिइएको छ । तर, जिल्लाका ६८ गाविसमध्ये २८ गाविसमा गाविस सचिव नभएपछि अनुदान सम्झौतामा समस्या भएको स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले बताए ।
धेरै गाविसहरूमा सचिव नहुँदा गाविसको दैनिक कामकाज र पुनःनिर्माणको सम्झौता गर्न ढिलाई भएको गाविस सचिव हकहित केन्द्र सिन्धुपाल्चोकका आध्यक्ष दुर्गा ढुङ्गेलले बताए ।
गएको वैशाख १२ गतेदेखि नै अनुदान सम्झौताको प्रक्रिया सुरु गरिएको भएपनि हालसम्म चौतारा र मेलम्ची गरी दुई नगरपालिकामा मात्र सम्झौता गरी पहिलो किस्ता वितरण भएको छ ।
गाविस सचिवको अभावले अन्य गाविसहरूमा समस्या परेको पुनःनिर्माण प्राधिकरण जिल्ला सम्पर्क कार्यालयका प्रमुख भूवनेश्वर लामिछानेले बताए ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…