गाविस सचिव कार्यालयमा नहुँदा सेवाग्राही पीडित
हुम्ला जिल्लाका श्रीनगर, जैर, मैला, मदना, कालिका, दार्मा, श्रीमष्ठा, मिमि, रोडिकोट, गोठी र साँया गाविसमा सचिव नहुँदा ती गाविसका स्थानीयबासीले नागरिकता लगायतका सेवाबाट वञ्चित भएको गुनासो गरेका छन् ।
नागरिकता बनाउन गाविस सचिवको सिफारिस चाहिने भएपनि गाविस कार्यालयमा असोज १ गतेदेखि गाविस सचिव नहुँदा सर्केघाट इलाका प्रशासन कार्यालयबाट नागरिकता लगायतका सेवा नपाएको स्थानीय वर्षपालले गुनासो गरेका हुन् ।
हाल जिल्ला बाहिर पठनपाठन गर्न गएका व्यक्ति दसैँ तिहारमा घरमा आएको र नागरिकता बनाएर जिल्ला बाहिर जाने योजनामा रहेको भएपनि सचिव नहुँदा नागरिकता बनाउन नसकेको पालले बताए ।
नागरिकता नहुँदा स्थानीयबासीलाई तिब्बतमा जान र व्यापार व्यवसाय गर्नको लागि समस्या भएको स्थानीयबासी सन्तोष सुनारले गुनासो गरे । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता र सीमा पास लगायतका सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको स्थानीय भरत सिंह बताउँछन् ।
इलाका प्रशासन कार्यालय सर्केघाटमा नागरिकताका लागि प्रतिदिन ४० देखि ५० जनासम्म आउने गरेको भएपनि साँया गाविस लगायत जिल्लाका तल्लो भेगका ११ ओटा गाविसमा सचिव नहुँदा नागरिकता बनाउन नपाएको सिंहले गुनासो गरे ।
प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर कुवरले गाविस सचिवले सिफारिस गरेको अवस्थामा जिल्लाबाट नागरिकता दिने व्यवस्था मिलाइएको बताए । इलाका प्रशासन कार्यालय सर्केघाटमा कार्यालय स्थापना भएपनि सुरु देखि नै कार्यालय प्रमुखसमेत नहुँदा नागरिकता वितरणमा समस्या भएको प्रजिअ कुवरले जानकारी दिए ।
गाविस सचिवलाई आआफ्नो कार्यालयमा हाजिर हुन तत्काल ताकेता गर्ने स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…
प्रहरीको लाठीचार्जबाट तीन जना घाइते
सोरु गाँउपालिकामा जेठ २० गतेदेखि शुरु भएको उपाध्यक्ष फुटबल कपमा भएको विवादको बारेमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा थप विवाद हुँदा २६ गते प्रहरीको लाठीचार्जबाट छाँयानाथ रारा नगरपालिका—४ का वडा…
नागरिकता विधेयक प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेशको निरन्तरता
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले ०८०…