गाविस र नगरपालिकाको संरचना विघटन, स्थानीय तहको सङ्ख्या ७ सय ४४ कायम
सरकारले विद्यमान गाँउ विकास समिति र नगरपालिकाको संरचना फागुन २७ गतेबाट लागु हुने गरी विघटन भएको जनाउँदै स्थानीय तहको सङ्ख्या निर्धारण गरेको छ ।
स्थानीय विकास मन्त्रालयमा फागुन २७ गते आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले २०४७ सालको संविधानपछि अस्तिवमा रहेका सबै गाविस र नगरपालिकाको संरचना भङ्ग भएको र आजबाटै स्थानीय तहको संरचना ७ सय ४४ लागु भएको जानकारी दिए । नयाँ संरचना अनुसार चार ओटा महानगरपालिका, १३ ओटा उपमहानगरपालिका, २ सय ४६ ओटा नगरपालिका र ४ सय ८१ ओटा गाउँपालिका रहेका छन् ।
स्थानीय तहको सङ्ख्या राजपत्रका प्रकाशित भएसँगै स्थानीय निकायको संरचनामा परिणत गरी स्थानीय तहको नयाँ संरचना लागु भएको हो ।
यसअघि देशभर ३ हजार १ सय ५७ ओटा गाविस र २ सय १७ ओटा नगरपालिका थिए । सरकारले तत्काल गाँउपालिकाको न्यूनतम बजेट एक करोड रुपियाँ निर्धारण गरेको छ ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…