गाविसले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो
खिदिम गाविसमा ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले दसैँ अगाडि नै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको गुनासो गरेका छन् ।
खदिम गाविस-३ का बनर गौतमले दसैँ अगाडि नै सामाजिक सुरक्षा भत्ता पाउँला र दसै राम्रोसँग मनाउला भनेर बसेपनि गाविस सचिवले भत्ता नदिएको आरोप लगाए ।
खिदिम गाविस-७ का ७८ वर्षीय लोकनाथ गौतमले सधैँ जसो गाविस सचिवले दसैँ अगाडि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको तर यसवर्ष गाविस सचिवले भत्ता कहिले देलान ? भनेर बस्दा पनि गाविस सचिव गाउँ नै नआएका कारण भत्ता पाउन नसकेको गुनासो गरे ।
खिदिम गाविस-७ कै ७४ वर्षीय गोविन्दप्रसाद गौतम दसैं अगाडि भत्ता बाँड्छु भनेपनि गाविस सचिव गाउँ नै आउन छोडको बताउँछन् । गाविसका कार्यालय सहयोगीलाई सोधपुछ गर्दा गाविस सचिवको सरूवा भएको र अर्को सचिव आएपछि बाँड्ने भन्ने जवाफ दिएको उनले बताए ।
गाविस सचिव गाउँ नआउँदा सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने २ सय २५ जना ज्येष्ठ नागरिक, १ सय १४ जना महिला (एकल महिला/विधवा), ८५ जना दलित बालबालिका, १८ जना पूर्ण अपाङ्गता भएका व्यक्ति र ८ जना आशिंक अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।
अघिल्लो सचिव तुल्सी पोख्रेलले समयमा सामाजिक सुरक्षा भत्ता नबाँडेको र आफू असोजको १९ गते मात्र खिदिम गाविसको सचिवको जिम्मेवारीमा पाएकोले सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलाइ भएको गाविस सचिव टेकराज श्रेष्ठले बताए ।
गाविस सचिव काम पर्दा मात्रै गाविसमा आउने र अघिपछि सदरमुकाममा बस्ने गरेकोले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको स्थानीय सुर्य केसीले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरण नगरेको सम्बन्धमा जिल्ला विकास समितिका योजना अधिकृत दामोदर ज्ञावलीले भने समयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्नेमा के कारणले वितरण नभएको सो बारेमा बुझी तत्काल भत्ता वितरणको लागि आदेश दिने बताए ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…