गाउँ कार्यपालिका बैठकमा माओवादी आक्रमणको निन्दा
थाक्रे गाउँ कार्यपालिका बैठकमा आक्रमण गरेको विषयमा जिल्लामा क्रियाशील विभिन्न निकायहरूले भदौ ६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी भत्सर्ना गरेका छन् ।
थाक्रे गाउँपालिका-६ स्थित गाउँ कार्यपालिकाको भदौ ४ गते बैठक चलिरहेको अवस्थामा बैठक कक्षभित्र प्रवेश गरी नेकपा माओवादी केन्द्रका यन्त्रबहादुर थापाको नेतृत्वमा आएका ७० जनाको समूहले जथाभावी आक्रमण गरेको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताइन् । थापा स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र काङ्ग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका थिए ।
बैठक बसिरहेको स्थानमा प्रवेश गरी गाउँपालिका प्रमुखमाथि नै आक्रमण गर्न लागेपछि बैठक कक्षमा रहेका व्यक्तिहरूले छेकेको रुपाखेतीले बताइन् । यसपछि उनीहरूले जथाभावी आक्रमण गर्दा गाउँ कार्यपालिकाका सदस्य कुमार बैरागी घाइते भएका थिए ।
यसैबिच माओवादी केन्द्र र काङ्ग्रेसको संयुक्त सो समूहले कार्यपालिकामा काममा आएका थाक्रे गाउँपालिका-१० का ४२ वर्षीय शिवहरी बास्कोटा र थाक्रे गाउँपालिका-११ का ३२ वर्षीय जिवन तामाङलाई समेत कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते बास्कोटाको मनमोहन अस्पताल काठमाडौँमा उपचार भइरहेको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको छ ।
ज्ञापन पत्र बुझाउन आएको बहानामा आक्रमण गरिएको बताइएको छ । बैठकमा बसिररहेका कार्यकारी अधिकृत युवराज अर्याल बसेको कुर्सी आक्रमण गरी उनलाई भुइँमा लडाएको पीडित पक्षको आरोप छ । केहीबेरसम्म बैठक कक्ष रणभूमिजस्तो भएको गाउँपालिका उपाध्यक्ष अम्विका रुपाखेतीले जानकारी दिँदै अपराधमा सङ्लग्न दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन लागिएको बताइन् ।
गाउँपालिका कार्यलयमा भौतिक संरचना समेत तोडफोड गर्न लागेपछि गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर जिवन निरौलालाई सुरक्षाको लागि आग्रह गरेका थिए । करिब २० मिनेटको दुरीमा रहेको प्रहरीचौकीबाट प्रहरी आउन करिब डेढघण्टा लगाएको र गाउँपालिकामा आएपछि पनि सुरक्षाको लागि पहल नगरेको गाउँपालिकाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…