गाउँमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो पटक वडा स्तर गाउँमै पुगेरे वितरण टोली मार्फत अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । हालसम्म परिचय पत्र नपाएका अपाङ्गता भएका व्यक्तिहरूलाई नयाँ अपाङ्गता परिचय पत्र तयार पारेर प्रदान गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिहरु भत्ता पाउनबाट वञ्चित भएपछि गाउँमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएकाे हाे । अपाङ्गता भएकाहरूका व्यक्तिहरूलाई वितरण समितिको सिफारिसको आधारमा अपाङ्गता परिचय पत्र वितरण प्रदान गर्ने कार्य जेठ १ गते देखि शुरु भएको नाम्खा गाउँपालिका उपाध्यक्ष तकदिर लामाले बताउनुभयो । उहाँले हालसम्म परिचय पत्र पाउनबाट वञ्चित भएका र सदरमुकाम सिमकोटसम्म आउन नसक्ने त्यस्ता व्यक्तिहरूका लागि शिविर सञ्चालन गरेर परिचय पत्र प्रदान गरिएको बताउनुभयो ।
नाम्खा गाउँपालिका–४ बाट सुरु गरेर चार दिन लगाएर परिचय पत्र वितरण गरिएको थियो । गाउँपालिकाकाको–१ देखि ५ सम्मका बस्तीहरू हेप्का, धिंगा, ताङ्गीन, खगालगाउँ, लुम, लामा खोल्सी, च्यादुक, केर्मी, चाला, यालवाङ, याङ्गार, मुचु, तुम्कोट र यारीका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र प्रदान गरिएको छ । शिविरमा ३६ जना महिला र २४ जना पुरुष गरी ६० जना विभिन्न वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र प्रदान गरिएको हो । यसमा एक जना क वर्गका अपाङ्गता भएका व्यक्ति र अन्य ख, ग र घ वर्गका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको उपाध्यक्ष लामाको भनाइ छ ।
पहिलो पटक परिचय पत्र पाएसँगै अब गाउँपालिकाबाट पाउने सेवा सुविधा पनि सहजै पाउने भएका छन् । परिचय पत्र नपाएका कारण यसअघि आंशिक र पूर्ण अपाङ्गता व्यक्तिहरु भत्ता पाउनबाट वञ्चित हुँदै आएका थिए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…