गाउँमा औषधि र स्वास्थ्यकर्मी नभएपछि उपचार तथा मौसमका कारण उद्दार हुन नसक्दा एक महिलाको मृत्यु
पाँच दिनदेखि रक्तश्रावबाट पीडित भएकी सर्केगाड गाउँपालिका-७ रोडिकोटकी २४ वर्षीया पवित्रा छन्त्यालको उपचारमा समस्या भएका कारण मृत्यु भएको उहाँका पति शान्तबहादुर छन्त्यालले गुनासो गर्नु भयो ।
असोज २० गतेदेखि सुत्केरी हुन नसकेर घरमै रहेकी पत्नीको उद्दार गरी जिल्ला बाहिर उपचारका लागि लैजान पहलका लागि शान्तबहादुरले अनुरोध गरेकोमा सुनुवाइ नभएको उहाँको आरोप छ ।
उहाँले सर्केगाड गाउँपालिका रोडिकोट स्वास्थ्यचौकीमा कुनैपनि औषधि र स्रोत साधन नभएपछि जिल्ला बाहिरै लैजानु पर्ने भएपनि सो हुन नसक्दा मृत्यु भएको आरोप लगाउनु भयो ।
उहाँका अनुसार सरकारले सुत्केरीको उद्दारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमले कुनै सुनुवाइ गरेन ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले असोज २४ गते दिउँसो मात्रै जानकारी आएको बताउँदै लगत्तै हुम्लाका विभिन्न गाउँपालिकामा अविरल वर्षाले घर भत्कँदा घाइते भएका मानिसहरूलाई उद्दारका लागि गृह मन्त्रालयमा हेलिकप्टरको व्यवस्थाका लागि पहल गरेको बताउनु भयो ।
जिल्लामा अविरल वर्षा नियमित भइरहेकाले हेलिकप्टर उड्न नसकेको प्रतिक्रिया प्रमुख जिल्ला अधिकारी परियारले दिनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…