गाउँपालिका सार्न खोजेको भन्दै गरिएको प्रदर्शनमा झडप हुँदा १२ जना घाइते
चन्द्रनगर गाउँपालिका–७ मा रहेको गाउँपालिका कार्यालय वडा नं. २ स्थित बबरगञ्जमा सार्न खोजेको भन्दै स्थानीय, नेपाली कांग्रेस तथा नेकपाका कार्यकर्ताहरू संयुक्त रुपमा मिली चन्द्रनगर गाउँपाकिलाको कार्यालयमा तालाबन्दी गरी फागुन २१ गते प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै १४ राउण्ड अश्रु ग्याँस प्रहार गर्दा नौ जना घाइते भएको कांग्रेसका पुर्व सभापति सत्यदेव सिंह दनुवारले बताउनु भएको छ ।
तालाबन्दी गरी प्रदर्शन गर्ने क्रममा प्रर्दशनकारी र प्रहरीबिच झडप भएको थियो । झडपमा घाइते हुनेहरूमा नेकपाका कार्यकर्ता चन्द्रनगर गाउँपालिका–७ का ३६ वर्षीय रामकलेबर राय यादव, २८ वर्षीय सकिन्द्र मुखिया, २९ वर्षीय राकेश महतो, ३१ वर्षीय रामसमिन्द्र मुखिया र कांग्रेस कार्यकर्ता चनद्रनगर गाउँपालिका–७ का ३३ वर्षीय नवराजकुमार महतो, ३० वर्षीय रामकलेश सिंह, ३५ वर्षीय विवेक दनुवार, २४ वर्षीय रविन्द्र सहनी, वडा नंं ६ का २८ वर्षीय सत्यनारायण दनुवार घाइते भएका हुन् ।
घाइतेहरूको सामान्य उपचार चन्द्रनगर गाउँपालिकास्थित सामुदयिक स्वास्थ्य क्लिनिकमा गरी जिल्ला अस्पताल मलङ्गवा लगेर थप उपचार गराइएको छ ।
घाइतेमध्ये सत्यनारायण दनुवारलाई थप उपचारका लागि बीरगंज लगेको नेपाली कांग्रेसका पुर्व सभापति सत्यदेव सिंह दनुवारले जानकारी दिनु भएको छ ।
झडपमा सशस्त्र प्रहरी बलका ३२ वर्षीय रामनरेश राय, २९ वर्षीय विनोद महतो, ३४ वर्षीय रामचन्द्र राय यादव सामान्य घाइते भएका छन् ।
घाइतेहरूको उपचार जिल्ला अस्पताल मलङ्गवामा भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिनु भएको छ ।
झडप भइरहेको अवस्थामा भिडलाई नियन्त्रणमा लिन १० सेल तथा सशस्त्र बलले चार सेल अश्रु ग्याँस गरी १४ सेल अश्रु ग्याँस प्रहार गरेको एसपी राठौरले जानकारी दिनु भएको छ । प्रहरीले रबरको गोली चलाएको आरोप झुठा रहेको उहाँले बताउनु भएको छ ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले गाउँपालिका सार्ने पटक–पटक सोच बनाएको र गाउँपालिकामा कार्यरत कर्मचारीहरूले कार्यालयमा रहेको कागज पत्रहरु तथा मेशनरी सामान सारेको हुँदा कार्यालयमा तालाबन्दी गरी विरोध प्रदर्शन गरेको वडा नं. ६ का स्थानीय चेतनारायण मुखियाले बताउनु भएको छ ।
बुधन साह
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…