गाउँपालिका जान तुइनको भर
नेपाल सरकारले तुइन मुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले नदी वारपार गर्न अझै तुइनकै भर पर्नुपरेको छ । दैनिक गाउँपालिकाको कार्यालयमा आउन जानका लागि तुइन चढेरै कर्णाली नदी तर्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधि नै गुनासो गर्छन् ।
जनप्रतिनिधि मात्र नभइ स्थानीयले पनि खेतबारीको कामसँगै घाँस, दाउरा पनि तुइनबाटै तार्नु परेको छ भन्छिन्, खार्पुनाथ गाउँपालिका - ३ की महिला सदस्य धना शाही । विगत चार पाँच वर्षयता तुइन राखिएको ठाउँ मुस्याडी, बोक्चेगौँडा र याङचु कुनामा पुल बनाउने भन्दै सर्वेक्षणका लागि प्राविधिक पुग्ने गरेको गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल (शाही) बताउँछिन् ।
सर्वेक्षणमात्रै हुने तर पुल नबन्ने हुँदा पाँचओटा वडा भएको खार्पुनाथ गाउँपालिकाका २, ३ र ४ नम्बर वडाका जनतासँगै जनप्रतिनिधिलाई गाउँपालिकाको कार्यालय जान तुइन चढ्नुपर्ने बाध्यता रहेको उपाध्यक्ष हमालले बताइन् ।
गाउँपालिकाका अध्यक्ष कर्ण रावल पुल नहुँदा दैनिकजसो स्थानीय बासिन्दाको गुनासो सुन्नु परेको बताउँछन् । 'आफू पनि नियमित कर्णालीमा तुइन तरेरै गाउँपालिका कार्यालय जाने गरेको छु तर कुन दिन ज्यान जोखिममा पर्छ थाहा नै छैन'-अध्यक्ष रावलले भने ।
पछिल्लो चरणमा गाउँपालिका भित्रका तुईन भएका सबै स्थानमा पुल निर्माणका लागि सर्भे गरी निर्माण कार्यका लागि टेण्डर प्रक्रियामा रहेकोले एक बर्षभित्र पुल बन्ने आशामा रहेको अध्यक्ष रावलले बताए ।
ठेकेदारको लापरबाहीले हुम्लाका नौ ओटा झोलुङ्गे पुल अलपत्र
हुम्लाका निर्माण सम्पन्न भइ सक्नुपर्ने नौओटा झोलुङ्गे पुल ठेकेदारको लापरवाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका झोलुङ्गे पुल अलपत्रमा परेका हुन् ।
सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन् । ०७२ सालमा टर्सी कार्गो ढुवानी सेवाका सोनाम लामाले चार ओटा पुलको जिम्मा र ०७३ मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावलले सात ओटा झोलुङ्गे पुल निर्माणको जिम्मा लिएका थिए । यस विषयमा ठेकेदारहरूसँग जानकारी लिन खोज्दा फोन सम्पर्क हुन सकेन ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…