गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षमाथि कुर्सी प्रहार
रूकुम पूर्वको सिस्ने गाउँपालिकाका उपाध्यक्ष ४२ वर्षीय गोवर्धन बुढा, वडा नम्बर ५ का अध्यक्ष ४५ वर्षीय शान्तबहादुर बिक र वडा नम्बर ६ का अध्यक्ष ३९ वर्षीय सुदन रेग्मीमाथि कुर्सी प्रहार भएको छ ।
साउन १२ गते बेलुकी सिस्ने गाउँपालिका–८ को वडा कार्यालयमा विद्युको विषयमा छलफल भइरहेका बेला आफूहरूमाथि हमला भएको वडा अध्यक्ष सुदन रेग्मीले जानकारी दिए ।
जामाखोला लघु जलविद्युत आयोजनालाई गाउँपालिका मातहत ल्याउने विषयमा छलफल भइरहेको र सो क्रममा ५ नम्बर वडाध्यक्षले कुरा राखिरहेको बेलामा मुसीकोट नगरपालिका–१ छिङका ३० वर्षीय विष्णु ओली, ३० वर्षीय कृष्ण शाही, २८ वर्षीय प्रकाश मल्ल र ३१ वर्षीय जङ्गबहादुर ओलीले उपाध्यक्षसहित आफूमाथि कुर्सीले आक्रमण गरेको उनले आरोप लगाए ।
कुर्सी प्रहारबाट आफू र शान्तबहादुरको टाउको र शरीरका अन्य भागमा चोट लागेको उनले जानकारी दिए । घटनाबारे साउन १३ गते गाउँपालिकामा बैठक बसेको र आरोपितलाई कारबाही गर्ने तथा घटनालाई समाधान गर्ने सम्बन्धमा गाउँपालिका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोवर्धन बुढाले समन्वय गर्ने निर्णय भएको रेग्मीको भनाई छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वमा मौखिक रूपमा उजुरी आएको र लिखित निवेदन आएपछि अनुसन्धान थालिने रूकुम पूर्वका डिएसपी प्रविणलाल श्रेष्ठले बताए ।
साविक स्यालापाखा गाविसमा निर्माण भएको उक्त आयोजनालाई गाउँपालिका मातहत लिने कि नलिने भन्ने विषयमा विवाद बढ्दै आएको छ । साविकको स्यालापाखा गाविसका १ देखि ७ नम्वर वडाबासीको श्रमदानमार्फत उक्त विद्युत आयोजना निर्माण गरिएको थियो ।
साविक स्यालापाखा गाविसका ३ र ४ नम्वर वडा रूकुम पश्चिमको मुसीकोट नगरपालिका–१, मा परेका छन् भने बाँकी ७ वटा वडाहरू रूकुम पूर्वको सिस्ने गाउँपालिकामा पर्दछन् । मुसीकोट नगरपालिकामा परेका वडावासीहरूले विद्युत आयोजना गाउँपालिका मातहत नभई उपभोक्ता समितिमार्फत नै सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…