गाउँपालिका अध्यक्ष विरुद्ध बलात्कारको उजुरी दर्ता

  ०७७ भदौ ८ गते

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भदौ ७ गते लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय गोविन्दबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा बलात्कारको उजुरी दर्ता  भएको छ ।

पीडित महिलालाई आरोपितले नौ महिना अगाडि डर, त्रास र प्रलोभनमा फसाई बलात्कार गरेको पीडितको आरोप छ । खड्काविरुद्ध पीडित महिलाले बलात्कारको उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी टेकेन्द्र पौडेलले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ७ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको छ ।


नवराज पथिक