गाउँपालिका अध्यक्ष पीडित बालबालिकाको घरमै पुगे (अनलाइन प्रभाव)
इन्सेक अनलाइनसहित स्थानीय सञ्चार माध्यमहरूमा समाचार प्रकाशन भएपछि अभिभावकको मृत्यु पश्चात् सहाराविहीन बगनासकाली गाउँपालिका-७ खानीगाउँका दुई बोटे बालबालिकाको सहयोगका लागि सहयोगी हातहरू अगाडि बढेका छन् ।
१४ वर्षीया हेमा बोटे र उनका १० वर्षीय भाइ सन्तबीर (बुद्ध) बोटेले कष्टकर रूपमा दैनिकी गुजार्दै आएको इन्सेक जिल्ला प्रतिनिधिले जानकारी पाएपछि सोसम्बन्धी समाचार कात्तिक २६ गते इन्सेक अनलाइनमा प्रकाशन भएको थियो ।
समाचार प्रकाशन भएपछि कात्तिक २७ गते बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल स्वयम् बालबालिकाको घरमा पुगी उनीहरूको बारेमा जानकारी लिए । सोही समयमा अध्यक्ष बस्याल र समाजसेवी युवा कमलकृष्ण कार्कीले १० हजार रुपियाँ बराबरको चामल, लुगा तथा बिस्तारा र ब्ल्याङ्केट बालबालिकालाई प्रदान गरे । त्यस्तै बगनासकाली गाउँपालिका-७ की वडा सदस्य रिता भट्टराईले दुई/दुई जोर न्यानो कपडा प्रदान गरिन् ।
गाउँपालिका अध्यक्ष बस्यालले तत्कालका लागि यसरी सहयोग प्रदान गरिएपनि दीर्घकालका लागि उनीहरूलाई पुनर्स्थापना केन्द्रमा पठाउन उपयुक्त हुने र त्यसका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताए । अहिले उनीहरूको घरमा बस्न समेत अप्ठेरो भएकोले अन्य बिकल्प नहुञ्जेल सम्मका लागि छिमेकी शान्ति बोटेको घरमा राखेर खाना खुवाउने गरी वातावरण मिलाइएको छ ।
बालबालिका दुवैको जन्मदर्ता तथा हेमाको अपाङ्गता परिचय पत्र पनि नभएकोले तत्काल सो कामलाई अगाडि बढाउने वडा सचिव हरिप्रसाद बस्यालले बताए । हेमा शारीरिक रूपले अपाङ्ग छिन् भने सन्तवीरमा कुनै समस्या छैन ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…