गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड

  ०८१ फागुन २ गते

रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो ।

तोडफोडबाट अध्यक्ष चढ्ने लु १ झ ३९५ नम्बरको (स्र्कार्पियो) सरकारी गाडीको चालकतिरको शिशा पूर्ण रूपमा फुटेको छ भने अगाडिको शिशा चर्केको छ । अध्यक्ष यादवको घरमै कम्पाण्डभित्र पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको हो । इलाका प्रहरी कार्यालय, धकधइका इन्स्पेक्टर श्याम प्रकाश यादवले घटना विषयमा फागुन २ गते विहान अध्यक्ष यादवले फोन मार्फत जानकारी गराएको र प्रहरी घटनास्थल पुग्दा अध्यक्ष चढ्ने गाडीको शिशा फुटेको र गाडीमा ढुङ्गा भेटिएको बताउनु भयो ।

प्रहरीले घटनास्थल वरपर सिसिटिभी क्यामेरा रहेकाले सिसिटिभी फुटेजको अध्ययन गर्ने र गाडी तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको उहाँले बताउनु भयो । गत वर्ष पनि अध्यक्षको गाडीलाई धकधइ परासी रोडमा केही अपरिचित व्यक्तिले गाडी रोकेर तोडफोडको प्रयास गरे पनि समयमै प्रहरी पुगेका कारण उनीहरू त्यहाँबाट भागेको यादवले बताउनु भयो ।


रीमा बिसी