गाउँपालिका अध्यक्षलाई मोसो दली दुर्व्यवहार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मष्टा गाउँपालिकाका-२ का ४० वर्षीय सोही गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतलाई असार १५ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । उनलाई गाउँपालिका कार्यालय परिसर नजिकै मोसो दलेर दुर्व्यवहार गरिएको हो ।
गाउँपालिका कार्यालयबाट बैठक सकेर बाहिर निस्कदै गर्दा सो पार्टीका कार्यकर्ताहरूले एक छिन तपाईसँग काम छ भन्दै बोलाएर अलि पर लगेको र 'भष्ट्राचारी अध्यक्ष' भन्दै मोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन ।
मोसो दलिसकेपछि कार्यालय परिसरमा रहेका शिक्षक, वडा अध्यक्षलगायत अन्य सेवाग्राहीहरू र सो पार्टीका कार्यकर्ताबिच केही बेर झडप भएको गाउँपालिका उपाध्यक्ष भगवती बोहराले जानकारी दिइन् ।
८/१० जनाको समूहमा रहेका सो पार्टीका कार्यकर्ताले अध्यक्षलाई झुक्याएर मोसो दलेको बोहराको भनाई छ ।
अध्यक्ष कठायतले योजनाको रकमवाट कमिसन खाने गरेको, आफन्त र कार्यकर्तालाई योजना दिएको र विभिन्न कार्यक्रममा भष्ट्राचार गरेको आरोप लगाउँदै जनकारबाही गरिएको सो पार्टीले जनाएको छ ।
गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार गरिएको खबर प्राप्त हुने बित्तिकै मष्टातिर प्रहरी परिचालन गरी आरोपितहरूको खोजी सुरू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले जानकारी दिनु भयो ।
रमेश केसी
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…