गाउँपालिका अध्यक्षबाट राजीनामा दिन नेकपाको दबाव
सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद् सिन्धुलीले राजिनामा दिई गाउँपालिका खाली गर्न दवाव सहितको पत्र पठाएको छ । जनपरिषद्को पूर्वी ब्युरो (मेची, कोशी सगरमाथा र जनकपुर) को आधार इलाकाका रुपमा विकसित गर्ने र पुरानो सत्तालाई खारेज गर्ने भन्दै हरिहरपुरगढी गाउँपालिका खाली गर्न दवाव स्वरुप पत्र पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गाउँपालिका खाली गर्न र उक्त अपिललाई वेवास्ता गरेमा परिणाम भोग्न समेत निर्देशन गरिएको छ पत्रमा उल्लेख छ । पत्र प्राप्त भएको मितिले १५ दिन भित्र राजिनामा सार्वजनिक भइसक्नुपर्ने समेत पत्रमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रमुख डिएसपी विनोद शर्माले २०७५ वैशाख ८ गते पत्रकार सम्मेलन गरि लामालाई पठाएको पत्र सार्वजनिक गरेका छन् । उनले लामालाई जुनसुकै खालको सुरक्षा दिन प्रहरी तयार रहेकाले राजिनामा नदिई दैनिक कार्य सञ्चालन गर्न भेटेरै अनुरोध गरेको समेत बताए ।
बिमला पाण्डे
सम्बन्धित समाचारहरू
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार…
मानव अधिकार उल्लङ्घनका तथ्याङ्कलाई विश्लेषणात्मक बनाउनुपर्नेमा जोडः अध्यक्ष डा. अर्याल
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको तथ्याङ्कलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नुपर्नेमा आवश्यकता रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भएको छ । इन्सेकद्वारा ०८१ चैत ८ गते चितवनमा आयोजित नेपाल…