गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ ।
शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक सूचना प्रकाशित नगरी कर्मचारी नियुक्त गरिएको विषयमा बुझन खोज्दा अध्यक्ष शाहीले ०७९ माघ १८ गते बिहान धम्की दिएको पत्रकार शाहीले जानकारी दिनु भएको हो ।
शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्षले रिक्त नभएको स्थानमा आफुले चिनेको मान्छेलाई नियुक्ति गराएको भन्ने सुचनाका आधारमा बुझ्न खोज्दा आफुलाई धम्की दिएको पत्रकार शाहीले गुनासो गर्नु भएको छ ।
शिवालय गाउँपालिका–४ टाटाबाट ०७९ माघ १७ गते एक जना महिलाले पत्रकार कुलेन्द्रलाई फोन सम्पर्क गरी स्वास्थ्य चौकीमा शिवालय गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाको पत्नी अनिता बुढालाई रातारात नियुक्त गरिएको जानकारी दिएकी थिइन् ।
जानकारी पाएपछि कुलेन्द्रले कृष्ण बुढासँग सम्पर्क गरी सोही विषयमा बुझ्दा उहाँले गाउँपालिकाको नीतिगत प्रक्रियामा पत्नीलाई नियुक्ति गरिएको जानकारी दिनु भयो । उता शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले गाउँपालिकाको नीतिगत नभई अध्यक्ष शाहीले आफुलाई नियुक्ति गर्न लगाएको बताउनु भयो । उहाँले भन्नु भयो “गाउँपालिकाले विज्ञापन खुलाउनु पर्ने हो, तर विज्ञापन नखुलाएरै अध्यक्ष शाहीले नियुक्ति गर्नुहोस् भन्नुभयो, मैले नियुक्ति पत्र दिए, यस विषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष शाहीले पत्रकार कुलेन्द्रलाई मार्ने धम्की दिनु भयो पत्रकार कुलेन्द्रले बताउनु भयो ।”
त्यसैगरी शिवालय गाउँपालिका अध्यक्ष शाहीले म बिहान योगा गरिरहेको थिए एक्कासी कर्मचारी नियुक्ति गरेको बिषयमा प्रश्न गरेपछि मैले आवेगमा आएर केही रिसाएको स्वीकार गर्नुहुँदै यस बिषयमा केही सञ्चार माध्यममा आएको र पत्रकार कुलेन्द्रसँग यस बिषयमा बसेर छलफल गर्ने समेत बताउनु भयो । उहँले भन्नु भयो म खरो स्वभावको मान्छे खरो नै शब्द प्रयोग गरे भन्दै गल्ती स्वीकार्दै यो बिषयमा आफुहरू बसेर समस्याको समाधान गर्ने बताउनु भयो ।
शिवालय गाउँपालिका–४ का वडा अध्यक्ष शिवलाल रेग्मीले कर्मचारी नियुक्तिको विषय मिलोमतोमै भएको बताउँदै पहिले एक जना कार्यालय सहयोगीमा स्थानीय आसिराम जैसी थिए उनले माघ ४ गते राजीनामा दिए तर जैसीले राजीनामा नदिँदै अनिता बुढालाई पुस २० गते देखि नै हाजिरी गरेको देखिन्छ रग्मीले बताउनु भयो ।
यस बिषयमा नेपाल पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बाल कुमार शर्माले पत्रकारमाथि मार्ने धम्कीका बिषयमा आफुलाई जानकारी नभएको सुचना बुझेर के भएको हो त्यसपछि महासङ्घको तर्फबाट के गर्ने भन्ने छलफल गर्ने बताउनु भयो ।
यस बिषयमा पत्रकार शाहीले कानुनी उपचारका लागि हालसम्म कही उजुरी दिनु भएको् छैन ।
दिनेश कुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…