गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् ।
०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८ वर्षीय च्याम्पा सिंह लामाले गुनासो गर्नु भएको छ ।
समयमै सामाजिक सुरक्षा भत्ता र सरकारले तोके अनुसारको रकम पनि नदिएको लामाले गुनासो गर्नु भयो ।
गाउँपालिकाले यस अघि त्रैमासिक रुपमा ज्येष्ठ नागरिकको सुरक्षा भत्ता वितरण गर्ने गरेको भए पनि पछिल्लो समयमा करीव ६ महिनाको अवधिमा वितरण गरिने गरेको लामाले बताउनु भयो ।
ज्येष्ठ नागरिक लामाले तीन हजार रुपियाँका दरले पाउनु पर्ने उक्त रकम २ हजार कम गरेर ६ महिनाको अवधिमा वितरण हुने गरेको आरोप लगाउनु भएको छ ।
सरकारले ६० वर्ष भन्दा माथिकालाई मासिक ३ हजार र ७० वर्ष माथिकालाई मासिक ४ हजार रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । तर हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले ६ महिनाको अवधिमा २ हजार कम गरेर भत्ता वितरण गर्दै आएको ज्येष्ठ नागरिकहरूको आरोप छ ।
विगत एक वर्षदेखि बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला र अपङ्गता भएका व्यक्तिका लागि सिमकोट गाउँपालिकाले बैंकमार्फत सुरक्षा भत्ता जम्मा गर्ने गरेको छ । गाउँपालिकाले बैंकमार्फत सुरक्षा भत्ता जम्मा गर्ने प्रावधान ल्याएपनि अधिकांशको रकम जम्मा नहुने गरेको स्थानीयले गुनासो गर्नु भएको छ ।
ज्येष्ठ नागरिकको गुनासो अनुसार सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले यसअघि केही समस्या आएको भएपनि असार महिनापछि त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता जम्मा गरिने आश्वासन दिनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…