गाउँपालिकाले बीमा रकम भुक्तानी नगर्दा सेवाग्राही बीमा सुविधाबाट वञ्चित
निसीखोला गाउँपालिका– १ किटेनीका विरबहादुर विक फागुन २५ गते चेकजाँचको लागि वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभयो । गाउँपालिकाले फागुन महिनाबाट लागु हुन्छ भनेर दिएको स्वास्थ्य विमा परिचय पत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागु नभएको भन्दै पूर्ण शुल्क तिरे मात्र उपचार हुने बतायो । उहाँले उपचारको क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्कनुभयो ।
उहाँ मात्र होइन यतिबेला निसीखोला गाउँपालिकाले फागुन महिनाबाट लागु हुने गरी बीमा गरेका १ हजार ८ सय ३८ जना सुविधाबाट वञ्चित भएका छन् । गाउँपालिकाले बीमा गरिदिए पनि बीमा रकम समयमै भुक्तानी नगरेको कारण उनिहरू सेवा लिनबाट वञ्चित भएका हुन् ।
गत असारमा सम्पन्न दशौं गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । सोही अनुसार गाउँपालिकाले ५ हजार ४ सय घरधुरीका लागि राजश्व बाडफाँडबाट २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
पहिलो चरणमा ९ हजार १ सय ८५ जनाको स्वास्थ्य बीमा गर्ने गरी विवरण संकलन गरिएको थियो । जसमध्येबाट गाउँपालिकाले फागुन महिनाबाट लागु हुने गरी १ हजार ८ सय ३८ जनाको बीमा गरेको थियो । तर, गाउँपालिकाले हालसम्म पहिलो चरणको ६४ लाख रुपियाँ बीमा रकम भुक्तानी गर्न नसक्दा बीमा गरेका नागरिक पनि सुविधा लिनबाट वञ्चित भएका हुन् ।
सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँडबाट नागरिकको बीमा गर्ने निर्णय गरेपनि संघ र प्रदेशबाट समयमै बजेट नआउँदा बीमा रकम भुक्तानी गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो ।
गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरिदिएको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए ।
संघीय सरकारबाट केही दिन पहिले मात्र ५५ लाख रुपियाँ प्राप्त भएको एक हप्तामा १ करोड रुपियाँ भुक्तानी गर्ने तयारी गरिरकेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले बताउनुभयो ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…