गाउँपालिकाले पाठ्यपुस्तक बुझ्न नमानेपछि विद्यार्थीको पठनपाठन प्रभावित
चंखेली गाउँपालिकाले पाठ्यपुस्तक बुझ्न नमानेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । गाउँपालिका नजिक रहेको सलिसल्लामा जिल्ला बाहिरबाट गत चैत २७ गते नै पुगिसकेपनि गाउँपालिकाका जनप्रतिनिधिको लापरवाहीका कारण विद्यार्थीको पठनपाठनमा समस्या भएको चंखेली गाउँपालिकाका स्थानीय जसबहादुर तामाङले बताउनु भएको छ ।
एक महिना अगाडि नै पुस्तक ढुवानीकर्ताले गाउँपालिकाकै सलीसल्लाको गोदामसम्म पुस्तक पुर्याएको भएपनि गाउँपालिकाले पाठ्यपुस्तक नबुझेपछि पाठ्यपुस्तक सलीसल्लामै थन्किएको तामाङले बताउनु भएको छ ।
गाउँपालिकाको लापरवाहीका कारण चंखेली गाउँपालिका भित्रका २६ ओटा विद्यालयमा १ हजार ९ सय ८० जना विद्यार्थीले पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका छन । २०८० शैक्षिक सत्र सुरू भएकाे एक महिना वित्न लाग्दा समेत सलिसल्लामा पुुगेका पाठ्यपुस्तक गाउँपालिकाले नबुझेपछि विद्यार्थीहरूको हातमा अझै पाठ्यपुस्तक पुग्न नसकेको हो ।
चंखली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले चंखेली गाउँपालिका र सर्केगाड गाउँपालिका बिचमा रहेको बजार क्षेत्रको सलिसल्लामा गएर पुस्तक नबुझ्ने प्रतिक्रिया दिनु भएको छ ।
वर्षौँदेखि पाठ्यपुस्तक ढुवानी गर्दै आएका ज्ञानुबुक एण्ड स्टेशनरी पसलका प्रोप्राइटर मानदेव शाहीले गाउँपालिकाे केन्द्र पिप्लाङमै ल्याएर बुझाउँछु भन्दा पनि गाउँपालिका अध्यक्ष शाहीले मतलब नगर्दा पाठ्यपुस्तक सलिसल्लामै थन्किएको आरोप लगाउनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…