गाउँपालिकाले पत्रकार सम्मेलनको लागि बोलाएर शरीर बन्धक बनाएको आरोप

मनहरी गाउँपालिकाले पत्रकार सम्मेलनको लागि बोलाएर पत्रकारहरूको शरीर बन्धक बनाएको पत्रकारहरूले आरोप लगाएका छन् ।

केही दिन अघि अनलाइन पत्रिकामा '१६ करोड राजस्व हिनामिना' सम्बन्धी समाचारको खण्डन तथा गाउँपालिकाले आफ्नो भनाई राख्न भन्दै ०८० भदौ ३० गते मनहरी गाउँपालिका-३, लामिटारमा बोलाएको पत्रकार सम्मेलनमा पुगेका पत्रकारलाई अध्यक्ष रञ्जन कालाखेतीले जबर्जस्ति कार्यक्रम स्थलमा राखिएको, बाहिर निस्कन नदिएको तथा पत्रकार सम्मेलनमा अनावश्यक अन्य व्यक्तिहरूको प्रवेश गराई पत्रकारलाई जथाभावी बोल्ने, दुर्व्यवहार गर्ने जस्ता गतिविधि भएको आरोप लागाएका छन् ।

Photo_080-5-30_Makwanpur

पत्रकार सम्मेलनमा पुगेका पत्रकार रबिन ढुङ्गानाले मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले पत्रकार सम्मेलनको नाममा पत्रकारको मानमर्दन गर्ने, अन्य व्यक्ति बोलाएर दुर्व्यवहार गर्ने जस्ता गतिविधि बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको र प्रहरी आएपछि प्रहरीको स्कटिङमा कार्यक्रम स्थलबाट बाहिर निस्किएको बताउनु भयो ।

मनहरी गाउँपालिकामा भएको उत्त घटनाको विरोध गर्दै नेपाल पत्रकार महासङ्घ मकवानपुर, प्रेस चौतारी नेपाल मकवानपुर र प्रेस सेन्टर मकवानपुरले छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् ।

Photo_080-5-30_Makwanpur..


पुष्पराज अधिकारी