गाउँपालिकामा १८ दिन देखि तालाबन्दी, सेवाबाट वञ्चित सेवाग्राही
गैडहवा गाउँपालिकामा १८ दिनदेखि लगाएको ताला नखुल्दा गाउँपालिकाबाट पाउने सेवाबाट सेवाग्राही वञ्चित भएका छन् ।
सेवाग्राहीहरू सेवा लिन गाउँपालिका पुग्छन् तालाबन्द भएका कारण सेवा नलिई फर्किने गरेका छन् ।
“चुनावमा यो गर्छु, उ गर्छु भन्छन् । अहिले यस्तो रमिता देखाएका छन् । छलफल र सम्वाद गरे हुने किन जनतालाई दुख दिएर राजनीति गर्ने ” स्थानीय रामकिशोर जयसवालले भन्नु भयो ।
स्थानीय मनसुन अन्सारीले लुम्बिनी साँस्कृतिक नगरपालिका र सियारी गाउँपालिकामा दुई दिनमै सहमति भयो गैडहवामा यति लामो तालाबन्दी हुदाँ पनि प्रशासन चुप लागेर बसेको आरोप लगाउनु भयो । जनतालाई परेको पीडाको क्षतिपूर्ति कसले दिने उहाँले आक्रोस व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत गाउँपालिकामा कारार सेवामा कार्यरत कार्यक्रम संयोजक मनिषा कार्कीले कार्यसम्पादन चित्त बुझ्दो नगरेको, गणकहरूलाई दिने २४ हजार रूपियाँ रकममा हस्ताक्षर गराएर १८ हजार रूपियाँ दिएको लगायतका आरोप आएपछि गाउँपालिकाले करार नविकरण गरेको थिएन ।
यस विषयमा गैडहवा गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरूले साउन २ गतेदेखि तालाबन्दी गरेका हुन् । आन्दोलित प्रतिनिधिहरूले कार्कीको पुर्नबाहलीको माग गर्दै कार्यपालिकाका बहुमत सदस्यले गाँपालिकामा ताला बन्दी गरेका हुन् ।
गाउँपालिकाले पहिले सामान्य सोधपुछ, त्यसपछि लिखित स्पष्टिकरण माग गरेकोमा कार्कीको जवाफ चित्त बुज्दो नभएपछि गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल र प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले कार्कीको करार नविकरणको म्याद नथप्ने निर्णय गरेका थिए ।
नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरूले कार्कीको म्याद नथप्ने सूचना पाएसँगै कार्यपालिकाका बहुमत सदस्यले कार्कीको पुर्नबाहलीलाई मुख्य एजेण्डा बनाएर प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
उनीहरूले कार्कीको पुर्नबहाली, बाढी पीडितलाई राहत रकम नदिएको, प्रमुख प्रशासकीय अधिकृतलाई भाडाको गाडी र आवास सुविधा दिएको, वार्षिक राजश्वबारे जानकारी नदिएको लगायतका ११ वटा माग राखेर २८ जना गाउँ कार्यपालिकाका सदस्यहरू आन्दोलित छन् ।
गाउँपालिकाले रोजगार शाखाकी मनिषा कार्कीले ५ जना गणकलाई २४ हजार दिने गरी सम्झौता गरेपनि रकम भुक्तानी गर्दा १८ हजार दिएको गुनासो आएपछि स्पष्टिकरण सोधेको र जवाफ चित्तबुझ्दो नआएपछि करार नविकरण थप नगरेको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले बताउनु भयो ।
घटनाका विषयमा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले कार्कीले पाँच जना गणकहरू अनिलकुमार गुप्ता, मञ्जु यादव, विजय केवट, गिता चौधरी र सपना घर्ती मगरको सम्झौता अनुसारको रकममा हस्ताक्षर गराएर कम रकम दिएको गुनासो आए पछि मौखिक र लिखित जवाफ मागेकोमा चित्त बुझ्दो जवाफ नआएपछि करारनामा नविकरण नगरेको बताउनु भयो ।
स्पष्टिकरणमा आफूले खर्च गरेकोले केही दिनमै गणकहरूलाई रकम उपलब्ध गराउने बताएको र पछि तिरेको अध्यक्ष पौडेलले बताउनु भयो ।
घटनाका विषयमा मनिषा कार्कीले आफूले कुनै पनि गलत काम नगरेकोले पूनर्वहाली गर्नुपर्ने बताउनु भयो
रीमा बिसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…