गाउँपालिकामा विद्यालय भवन नहुँदा बालबालिकाहरूलाई पढ्नमा समस्या
उत्तरगया गाउँपालिकामा विद्यालय भवन नहुँदा स्थानीय बालबालिकाहरूलाई पढ्नमा समस्या भएको छ ।
वर्षे बिदा सकेर रसुवाको हिमाली क्षेत्रमा विद्यालय खुल्दा आठ वर्ष अघि ध्वस्त भएको उत्तरगया गाउँपालिका-१ को गोगने गाउँको विद्यालय अहिलेसम्म निर्माण हुन सकेको छैन । पुरानै ठाउँमा जोखिम बढेको कारणले विद्यालय नबनेको स्थानीय पर्मा लामाले बताउनु भयो । जसको कारण त्यहाँका बालबालिकाहरू विद्यालय नजिक नभएको कारण पढ्नमा समस्या भएको स्थानीय लामाले उल्लेख गर्नुभयो ।
भूकम्पले ध्वस्त कालिका गाउँपालिका-१ को अनन्त स्मृति प्रावि अझै सञ्चालनमा आएको छैन । विद्यालय भवन पुननिर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पढ्न समस्या भएको छ । कति बेला भवन भत्किन्छ भनेर त्रासमा अध्ययन गर्नु परेको तिरु प्राविका विद्यार्थी सितार तामाङले बताउनु भयो । विनाशकारी भूकम्पपछि जोखिमयुक्त बस्तीमा परेकाले यी स्थानहरूमा विद्यालय निर्माण हुन नसकेको हो ।
टिनले बारेको अस्थायी सिकाइ केन्द्र पनि पानी चुहिने भएकोले विद्यार्थीहरूलाई पढाउन समस्या परेको उहाँले बताउनु भयो । भूगर्भविदले विद्यालय रहेको पूरै बस्ती जोखिममा रहेको भनेर प्रतिवेदन दिएपछि विद्यालय भवन निर्माण हुन नसकेको हो ।
उत्तरगया गाउँपालिका-५, खाल्टेमा रहेको विस्थापित क्याम्पमा ५ सय ६० जना बालबालिकाहरूलाई पढ्नको लागि विद्यालय छैन । त्यहाँका बालबालिकाहरू आधारभूत शिक्षा लिनका लागि घण्टौँ हिँडेर जानुपर्छ । विस्थापित बालबालिकाहरू नजिकै विद्यालय नहुँदा नुवाकोटको बिदुर नगरपालिका-१० स्थित रामचन्द्र आधारभूत विद्यालय, उत्तरगया आवासीय मावि, रसुवाको निलकण्ठ उमावि र ट्रिनिटी आवासीय विद्यालयमा पढ्न जाने गरेको विस्थापित क्याम्पका अगुवा छेजु लामाले जानकारी दिनुभयो । 'उत्तरगया गाउँपालिकाको कार्यालय छेवैमा रहेको क्याम्पमा विद्यालय निर्माण थालनी गर्ने कुरा भएपनि गफमै सिमित भयो', स्थानीय पर्मा लामाले बताउनु भयो ।
नेपालको संविधानले आवासको हक नागरिकको मौलिक हकका रुपमा समेटिए पनि भूकम्पका कारण विस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थायी टहरामै बस्न बाध्य भएका छन् । विस्थापित समुदायका बालबालिकाहरू पढ्नका लागि विस्थापित क्याम्पदेखि घण्टौँ टाढा रहेको विद्यालय धाउनु परेको खाल्टे क्याम्पका विद्यार्थीहरूको गुनासो छ । आफ्ना बालबलिका विद्यालयबाट फर्केर छाप्रोमा नआएसम्म घरमा अभिभावक र आफूहरू पनि त्रासमै रहने अभिभावकहरू बताउँछन् ।
वर्षातमा खोला र पहिरो काटेर दिनभर हावाहुरी, वर्षातको भरी, अहिले चिसोमा कुनै पर्वाह नगरी त्रासमा हिँडेर विद्यालय जानुपर्छ भने रातपनि त्रिशूली नदिको छेउमा रहेको खाल्टे क्याम्पमा त्रासदिमै बित्छ । अहिले गर्मी र बाढीको त्रास छ भने चिसोमा टिनको छाप्रोबाट शितका थोपा झरेर सुत्न निकै कठिन छ ।
उत्तरगया गाउँपालिकाका हाकु र डाडागाउँका २ सय ६९ परिवार खाल्टे क्याम्पमा छन् । वरिपरि पनि अन्यत्रबाट बस्तीहरू स्थानान्तरण गरेर बसेका छन् तर गाउँ नजिकै विद्यालय छैन । खाल्टे क्याम्पका अगुवा लाक्पा तामाङ भन्नुभयो, 'झण्डै ६ सय विद्यार्थी विस्थापित क्याम्पमा छन् तर यहाँ विद्यालय अझै बनेन । बालबालिकाहरूको शिक्षाको र आवासको अधिकार पनि अझै सुरक्षित हुन सकेन ।'
विस्थापित क्याम्पका ज्येष्ठ नागरिक, महिला, बालबालिकाहरू अहिले गर्मीले कष्ठकर जीवन बिताउँछन् । विस्थापित क्याम्पका ज्येष्ठ नागरिक, बालबालिकाहरू अहिले माघको ठण्डीले कठिन भएको छ । उत्तरगया गाउँपालिका-५, खाल्टे स्थित क्याम्पका छेजु लामाले इन्सेक प्रतिनिधिसँग भन्नुभयो, 'न आवास न शिक्षा अधिकार सुरक्षित छ । अधिकारकर्मीहरूले हाम्रो आवाज सरकार समक्ष पुर्याइदिनु पर्यो ।'
विनाशकारी भूकम्पका आठ वर्ष बित्दा समेत विस्थापित बालबालिकाहरूका लागि विद्यालय स्थापना गर्ने सपना जस्तै भो । कतै विद्यालयमा विद्यार्थी भन्दा शिक्षकको सङ्ख्या बढी छ तर यहाँ विस्थापित बालबालिकालाई पढाउन विद्यालय छैन । स्थानीय बुटी तामाङले भन्नुभयो, 'विस्थापितको निजी आवास पुनर्निर्माण हुन नसक्दा विस्थापित समुदायको बस्ती स्थानान्तरण हुन सकेन ।' क्याम्पमा रहेका सयौँ विद्यार्थीहरू पढ्नको लागि विद्यालय छैन । 'सानो छाप्रोमा बसेर बिहान बेलुका कसरी गृहकार्य गर्ने उनिहरूको भविष्य अन्यौलमा छ', तामाङले भन्नुभयो ।
नेपालको संविधान २०७२ को भाग ३ अन्तर्गत मौलिक हकको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ । भाग ४ अन्तर्गत राज्यको निर्देशक सिद्धान्त र नीति उपदफा ‘ञ’ को ६ मा मुक्त कमैया कमलरी, हरूवा, चरुवा, हलिया भूमिहीन, सुकुम्वासी पहिचान गरी उचित बसोवासका लागि घडेरी, जीविकोपार्जनका लागि कृषि योग्य जमिनको व्यवस्था वा रोजगारीको व्यवस्था गर्दा पुर्नस्थापना गर्ने उल्लेख छ । विस्थापित शिक्षा, स्वास्थ्य जस्ता आधरभूत अधिकार रक्षाका लागि राज्यले ध्यान दिन नसकेको खाल्टे क्याम्पका अभिभावक पर्मा लामाले बताउनु भयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…