गाउँपालिकामा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको स्वास्थ्य बिमा सेवाबाट वञ्चित
आमाछोदिङमो गाउँपालिकाले ६५ वर्षदेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिक, एकल महिला र ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भनेर फाराम भराए पनि बिमा बापतको रकम गाउँपालिकाले नदिएपछि उनीहरू स्वास्थ्य बिमा सेवाबाट वञ्चित भएका छन् ।
यस वर्ष स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित हुन परेकोले यहाँका ७ सय भन्दा बढी ज्येष्ठ नागरिक प्रभावित भएको स्थानीय च्याङ्बा घलेले बताउनु भयो ।
आमाछोदिङमो गाउँपालिकाले बजेटको व्यवस्था नगरिदिँदा गाउँपालिकाभित्रका धेरै नागरिकहरू यस वर्ष स्वास्थ्य बिमाको सेवाबाट वञ्चित भएका हुन् ।
आमाछोदिङमो गाउँपालिकामा ज्येष्ठ नागरिक १ सय ६० जना, सामान्य परिवारमा १० परिवारको मात्र बिमा गरिएको छ । गाउँपालिका भरी यस वर्ष जम्मा २ सय १० जनाको मात्र बिमा भएको छ ।
महिला स्वास्थ्य स्वयमसेवीका तथा अपाङ्गता भएकाहरूको समेत बिमा नगरेको स्थानीय फुर्पु तामाङले जानकारी दिनुभयो ।
पाँच जना बिमा दर्ता सहयोगीले दश प्रतिशत मात्र सुविधा पाउने भएकोले दुर्गममा खर्च नपुग्ने भन्दै काम नगरेको र अब गाउँमा स्वास्थ्य स्वयमसेवीहरू समेत परिचालन गरेर गाउँपालिले अभिमुखिकरण गर्न यस वर्ष गाउँपालिकाले बजेट छुट्ट्याएको आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनु भयो ।
गत वर्ष स्वास्थ्य बिमा गर्न नसके पनि यस वर्ष र आगामी वर्ष स्वास्थ्य बिमाबारे सचेतनाका लागि २ लाख रुपियाँ छुट्याएको प्रमुख तामाङले जानकारी दिनुभयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…