गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प प्रभावितलाई सास्ती
गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत भुकम्प पीडितले घर बनाउन नसकेपछि सास्ती बेहोर्नु परेको छ ।
इञ्जिनियर नहुँदा भूकम्प पीडितले घर बनाउन सकेका छैनन् । प्रविधिक नहुँदा स्याङ्जाको भूकम्प प्रभावित हरिनास गाउँपालिकाका ५ सय ७० जना भूकम्प पीडितलाई आवासको समस्या भएको छ ।
पुनर्निर्माण प्राधिकरणले तीव्र गतिमा काम भएको बताएपनि आवश्यक कर्मचारीको व्यवस्था नगर्दा स्याङ्जाको हरिनास गाउँपालिकाका भूकम्प पीडितले अझैसम्म पहिलो किस्ता बाहेकको रकम समेत पाउन सकेका छैनन् ।
गाउँपालिकामा कर्मचारीको अभाव हुँदा आफूहरूलाई पुनर्निर्माण सम्बन्धित काम गर्न समस्या भएको गाउँपालिकाकी उपाध्यक्ष झनमाया पराजुलीले बताइन् ।
उनले आवास व्यवस्थापनको काम गर्न इञ्जिनियर नहुँदा सवओभरसियरले काम चलाउनु परेको बताइन् । पराजुलीका अनुसार सो क्षेत्रमा भूकम्प पीडितको आवास निर्माणको ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
हरिनास गाउँपालिका-३ का भूकम्प पीडित नेत्र लम्सालले भूकम्पले बसोबास उठाएको तीन वर्षबितेपनि अहिलेसम्म ५० हजार रुपियाँ मात्रै क्षतिपूर्ति पाएको बताए ।
हिमलाल पराजुली
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर उमनपा–४ का २८ वर्षीय सुमन भन्ने मनोज भण्डारीलाई दोषी ठहर गर्दै जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…