गाउँपालिकाद्वारा २० वटा विधेयक पारित
दार्चुलाको उत्तरी क्षेत्रमा अवस्थित व्यास गाउँपालिकाले २० वटा विधेयक पारित गरेको छ । स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा स्थानीय सरकार सञ्चालनको लागि भन्दै २० वटा विधेयक पारित गरेको गाउँपालिकाले जनाएको छ ।
जेठ १ गते बसेको गाउँपालिकाको दोस्रो गाउँसभाले न्यायिक समिति कार्यविधि ऐन, उपभोक्ता समिति गठन परिचालन व्यवस्थापन कार्यविधि, योजना सञ्चालन कार्यविधि, घ वर्गका निर्माण व्यवसायी इजाजत पत्र ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, कडा रोगीहरूको आर्थिक सहायता वितरण निर्देशिका, छाप्रो मुक्त कार्यक्रम कार्यान्वयन निर्देशिका, मर्मत सम्भार कोष सञ्चालन निर्देशिका, जागरूक अभिभावक दक्ष शिक्षक कार्यक्रम कार्यान्वयन निर्देशिका, सहकारी ऐन, राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि र हाम्रो वन हाम्रो धन हाम्रो जीवन कार्यविधि नियमावली गरी जम्मा १३ वटा विधेयक पारित गरिएको गाउँपालिकाका प्रवक्ता धिरनसिंह बुढाथोकीले जानकारी गराए ।
गाउँपालिकाको ०७४ भदौ २७ र २८ गते बसेको पहिलो गाउँसभाले गाउँपालिकाको निर्णय आदेश र अधिकार प्रमाणीकरण कार्यविधि नियमावली, गाउँकार्यपालिका कार्यसम्पादन नियमावली, गाउँपालिकाको आर्थिक ऐन, गाउँपालिका पदाधिकारीहरूको आचारसंहिता र कार्यपालिका बैठक सञ्चालनसम्बन्धी कार्यविधि गरी सात वटा विधेयक पारित गरिसकेको समेत गाउँपालिकाका प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…