गाउँपालिकाको लेखापाललाई हातपात घटनाका आरोपित गिरफ्तार
जुम्ला जिल्ला घर भई अदानचुली गाउँपालिकामा कार्यरत ३८ वर्षीय लेखापाल दत्त थापालाई हातपात गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–३ का २४ वर्षीय मनोज फडेरा, २७ वर्षीय गोर्ख फडेरा र २८ वर्षीय उब्जन दमाईलाई असार १६ गते गिरफ्तार गरेको छ ।
स्थानीयले असार १६ गते गाउँपालिका कार्यालयमै गएर हातपात गरेपछि लेखापाल थापाले सोही दिन प्रहरी चौकी श्रीनगरमा उजुरी दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो ।
लेखापाल थापालाई सेवाग्राहीको काम नगरेको आरोपमा हातपात गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको अधिकृत महताराले आरोप लगाउनुभयो । अधिकृत महाताराका अनुसार थापालाई काम गरिरहेकै अवस्थामा उहाँको कार्यकक्षमै गएर गतवर्ष काम गरेको रकम नपाएको भन्दै धम्क्याउदै हातपातको गरेको हो ।
गत आर्थिक वर्ष गाउँपालकाको करिब ५ करोड रुपियाँ भन्दा धेरै रकम फ्रिज गएपछि सो ठाउँका उपभोक्ता समितिहरुले पटक पटक फ्रिज गएको रकमको भुक्तानी गर्दिन गाउँपालिकामा आग्रह गर्दा पनि सुनुवाइ नभएपछि विवाद भएको घटनामा संलग्न रविन्द्र भण्डारीले बताउनुभयो ।
तर लेखापाल थापाले गत वर्षको रकम फ्रिज गएको र कानुनी रुपमा दिन नमिल्ने भएपछि सो रकम दिन नसकिने जानकारी गराउँदा पनि आफुलाई हातपात भएको आरोप लगाउनुभयो । हातपात गरेपछि लेखापाल थापाको उजुरीका आधारमा आरोपितलाई प्रहरी चौकी गल्फागाडले नियन्त्रणमा लगेको प्रहरी चौकी श्रीनगरका असई देबहादुर खड्काले बताउनुभयो ।
हातपात घटनाका आरोपित तीन जनालाई प्रहरी चौकीमा लगे पीडित लेखापाल चौकीमा नगएका कारण छलफल हुन नसकेको असई खड्काको भनाइ छ । घटनाको भत्सर्ना गर्दै सोही दिन अदानचुली गाउँपालिकाले प्रेस विज्ञाप्ति निकालेको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…