गाउँपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राही मार्कामा
आर्दश गाउँपालिकामा कार्यरत करार कार्मचारीहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्दै आएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधा पाउन सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ ।
गाउँपालिकाले एकलौटी निर्णय गरेर मङ्सिर २१ गतेदेखि करारमा कार्यरत कर्मचारीहरुलाई कार्यालयमा हाजिर गर्न नदिएपछि त्यसको विरोध गर्दै करार कर्मचारीहरुले गाउँपालिकाको कार्यलयमा तालबन्दी गरेपछि सेवाग्राहीहरुले सास्ती खेप्नु परेको स्थानीय रणबहादुर बिष्टले गुनासो गर्नु भयो ।
यस आर्थिक वर्षमा सम्पन्न गर्नु पर्ने विभिन्न योजनाहरुको सम्झौता लगायतका कामहरु हुन नपाइ रित्तो हात घर फर्कनु परेको बिष्टको भनाइ छ ।
गाउँपालिकाबाट प्रवाह गरिदै आएका विभिन्न योजनाहरुका सिफारिस, जन्म, मृत्यु, बसाइसराइ लगायतका सिफारिसका लागि गाउँपालिकाको कार्यालयमा आउने गरेको भए पनि सेवा पाउन नसक्दा सेवाग्राही रित्तो हात घर फिर्किनु परेका स्थानीय बिरबहादुर बिष्टले बताउनु भयो ।
अघिल्लो स्थानीय सरकारले नियुक्ति गरेका गाउँपालिकाका १ सय १५ जना करार कर्मचारीको म्याद थप्ने प्रकृया नगरी बिना जानकारी मङ्सिर २१ गते बसेको गाँउकार्यपालिकाको बैठकले मङ्सिर २१ गतेदेखि करार कर्मचारीलाई हाजिर लाउन नदिएपछि त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको करार कर्मचारी गणेशबहादुर रोकायाले बताउनु भयो ।
गाउँपालिकाको पछिल्लो अबस्थाका बिषयमा छलफल गर्न कार्यपालिकाको बैठक आयोजना गरिएको भए पनि आन्तरीक विवादकका कारण समस्या उत्पन्न भएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायले बताउनु भयो ।
उहाँले गाँउपालिकाका अध्यक्ष गणेशबहादुर खडका मङ्सिर २१ गते बसेको कार्यपालिकाको बैठक पश्चात जिल्ला बाहिर रहनु भएको कारण समस्या समाधानमा हुन नसकेको र उहाँ कार्यालयमा उपस्थित भएपछि छलफल गरेर समस्या समाधानका लागि पहल गरिने बताउनु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…