गाउँपालिकाका स्वास्थ्य चौकीमा औषधि अभाव
तारकेश्वर गाउँपालिकाले समयमा औषधि खरिद नगर्दा गाउँपालिकाभरका पाँच ओटा स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।
सरकारले स्वास्थ्य संस्थामा निःशुल्क औषधि वितरण गर्ने प्रावधान भएपनि गाउँपालिकाले समयमा औषधि खरिद नगर्दा औषधि अभाव भएको तारकेश्वरगाउँपालिका–४, नेवारपानीका बुधसिङ स्वाथ्य चौकीमा इञ्चार्ज मिश्रीलाल यादवले बताए ।
‘आँखाको ड्रप, कानको ड्रप, बेटाडिन, एमोम्सिलिनलगायत केही एन्टिबाइटिक औषधि र मलमहरू सकिएको छ ।’–उनले भने–‘गाउँपालिकाले औषधि नै खरिद नगरेकोले स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो ।’
गाउँपालिकामा रहेको सबै पाँच ओटै स्वास्थ्य संस्थामा अहिले केही अत्यावश्यक औषधिहरू सकिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजु केसीले बताए ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा भए पनि अर्को व्यक्ति नआएकोले औषधि खरिदको प्रक्रिया नै अघि बढाउन नपाएकोले औषधि अभाव भएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।
तारकेश्वर–१ दाङसिङस्थित दाङसिङ स्वास्थ्य चौकीमा आँखामा राख्ने ड्रप समेत नपाएको तारकेश्वर गाउँपालिकाकै कर्मचारी विष्णु बजगाईले बताए ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत दुई महिनाअघि सरुवा भएर अन्यत्र गएपछि अर्को प्रमुख प्रशासकीय अधिकृत अझै गाउँपालिकामा हाजिर हुन आएका छैनन् ।
आउँदो हप्तासम्म प्रमुख प्रशासकीय अधिकृत आउने जानकारी आएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए । उनले भने–‘हाकिम आउनासाथ एउटा निर्णय गराएर औषधि खरिद गरी तत्काल वितरण गरिनेछ ।’
तारकेश्वर गाउँपालिकाले यो वर्ष स्वास्थ्य चौकीमा निःशुल्क औषधि वितरणको लागि २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…