गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा गाड्दै !

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चैत २७ गते विभिन्न गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा टाँगेको छ ।

Photo20170410Gulmi

सो पार्टीका कार्यकर्ताले केही कार्यालयमा ताला लगाएर झण्डा समेत गाडेको पार्टीका जिल्ला सचिवालय सदस्य खिम खड्काले बताए । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चैत २४ गतेदेखि निर्वाचन बहिष्कारका पर्चा टाँस्न थालेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी गुल्मीले मालिका गाउँपालिको अर्खबाङ कार्यालयमा झण्डा गाडेको छ । सामाजिक परिचालक कमल नेपालीका अनुसार सो पार्टीका कार्यकर्ताले कार्यालयमा झण्डा गाडेर पर्चा पम्पेलेट टाँसेको बताए । त्यसैगरी मदाने गाउँपालिकाको वडा कार्यालयमा ताला लगाइएको छ । साथै साइन बोर्ड हटाएर कार्यालयमा पर्चा टाँसिएको स्थानीय बोमबहादुर कुँवरले बताए ।

Photo20170410Gulmi1

इलाका प्रहरी कार्यालय पुर्कोटका सई अशोक श्रीवास्तवका अनुसार गाउँपालिकाको कार्यालय केही नभएपनि वडा कार्यालयको बोर्ड फुटाएका छन् भने कार्यालयमा उनीहरूले ताला लगाएका छन् ।

गुल्मी दरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा पनि साइन बोर्ड तोडफोड गरेर पर्चा टाँसिएकोकम्युनिष्ट पार्टीले जनाएको छ ।

Photo20170410Gulmi2

पार्टीका जिल्ला सचिवालय सदस्य खिम खड्काले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई प्रतिकार गर्दै आफ्नो पार्टीले गाउँगाउँमा समानान्तर सरकार गठन गर्ने काम थालेको बताए ।


टोपलाल अर्याल