गाउँपालिकाका वडाअध्यक्ष माथि कुटपिट
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष ३३ वर्षीय हरि बिकमाथि ०७९ माघ ८ गते कुटपिट भएको छ ।
बागमती प्रदेश सरकारबाट त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ५ र ६ को पिपलडाँडामा सिकटार बिर्ता सुनपोखरी सडक निर्माणको नाममा बिनियोजित रकम उपभोक्ता समिति मार्फत खर्च गर्न समिति गठन गर्ने क्रममा विवाद सिर्जना भएपछि कुटपिट भएको वडाअध्यक्ष बिकले बताउनुभयो ।
त्रिपुरासुन्दरी गाउँपालिका-६ निवासी सुन्दरी माविका शिक्षक ४६ वर्षीय भीमसेन अधिकारीले वडा अध्यक्षमाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
उपभोक्ता समितिमा आफू अनुकुल मान्छे नराखिएको भन्दै गठित समितिको निर्णय पुस्तिका च्यातेर शिक्षक अधिकारी सहितको समूहले वडाअध्यक्ष विकमाथि कुटपिट र हातपात गरेको थियो ।
वडाअध्यक्ष बिकले आफूमाथि आक्रमण गर्ने शिक्षकलाई कानुनी कारबाही हुनुपर्ने माग गरे पनि सम्बन्धित निकाएमा लिखित उजुरी दिनु भएको छैन ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…