गाउँपालिकाका लेखा अधिकृतलाई मोसो दली दुर्व्यवहार
तनहुँको देवघाट गाउपालिकाका लेखा अधिकृत उमनाथ ढकाल र सहायक लेखापाल सन्जय शर्मालाई वडा नम्बर ३ का युवाहरुले पुस ११ गते कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन् ।
वडा नम्बर ३ को छिपछिपेमा सन्चालित छिपछिपे भन्ज्याङ सोलार लिफ्टिङ खानेपानी योजनाको भुक्तानी दिन ढिलाइ गरेको विभिन्न कागजात मागेर उपभोक्तालाई दुख दिएको भन्दै उपभोक्ता समितिका सदस्य र केही युवाहरुले लेखा अधिकृत ढकाल र लेखापाल शर्मालाई कार्यकक्ष भित्र पसेर मोसो दली कुटपिट समेत गरेका थिए ।
इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज वरिष्ठ सई भेषराज रेग्मीले कर्मचारीलाई दुर्व्यवहार भएको सुचना पाएपछि गाउँपालिका पुगेर कर्मचारीलाई सुरक्षित गराईएको र युवाहरुलाई नियन्त्रणमा लिईएको बताउनुभयो । नियन्त्रणमा लिईएका सबैजना सोमबार सांझ नै रिहा भएको रेग्मीले बताउनुभयो।
सोलार लिफ्टिङ खानेपानी आयोजना सन्चालन भएवापत गाउँपालिकाबाट उपलब्ध गराउनु पर्ने सात लाख रुपैयाँ रोक्का गरेको र पटक पटक भुक्तानीको लागि ताकेता गर्दा पनि लेखा अधिकृतले दुख मात्रै दिएको कारण उपभोक्ताहरु आक्रोशित भएको छिपछिपे टबधल विकास संस्थाका अध्यक्ष रविन्द्र गुरुङले बताउनुभयो। गत आर्थिक वर्षमै भुक्तानी हुनुपर्ने उक्त रकम नयाँ आर्थिक वर्षको साढे चार महिना बितिसक्दासम्म पनि भुक्तानी नभएको गुरुङले बताउनुभयो ।
गैरसरकारी संस्थाबाट हुनुपर्ने भुक्तानी समयमै भए पनि गाउँपालिकाबाट हालसम्म एक रूपैयाँ पनि नदिएपछि स्थानीय आजित भएको स्थानीय धनकुमार गुरूङले बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…