गाउँपालिकाका कार्यकारी अधिकृतलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा दुर्व्यवहार
साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई भ्रष्टाचार गरेको र राहतमा आएको चामल यार्सागुम्बा टिप्ने व्यक्तिहरूलाई विक्री गरेको आरोप लगाउँदै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार १३ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार क्वीन्टल चामलमध्ये १ हजार ५ सय क्वीन्टल चामल यार्सागुम्बा टिप्न गएका व्यक्तिहरूलाई राईढुङगी बनमा लगेर विक्री गरेको र चामलबाट आएको रकमको समेत हिसाब नदेखाई लाखौँको भ्रष्टाचार गरेको आरोप लागाइएको छ ।
सो पार्टीका बझाङ जिल्ला जनपरिषद प्रमुख संग्राम सिंहले जोशीलाई पटकपटक सुझाव दिएको भए पनि नमानेपछि चेतावनी स्वरूप मोसो दलेको प्रतिक्रिया दिए ।
प्रमुख जिल्ला अधिकारी प्रेम कुँवरले जोशीलाई मोसो दलेको भन्ने कतिपय ठाउँबाट खबर पाएको भए पनि आधिकारिक जानकारी नभएको बताए । साइपाल गाउँपालिकाले घटनाको विरोध गर्दै सङ्लग्नहरूलाई कारबाही गर्न माग गरेको छ ।
रमेश केसी
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…