गाउँपालिकाका इन्जिनियर कार्यकक्षमा कुटिए, आरोपित गिरफ्तार
बाँफीकोट गाउँपालिका कार्यालयमा कार्यरत २८ वर्षीय इन्जिनियर दिपक शाहलाई ०७९ साउन ४ गते नेपाली काङ्ग्रेस निकट तरुण दल बाँफीकोटका अध्यक्ष ३३ वर्षीय राजु शाहले कार्यकक्षमा कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।
कुटपिटको घटनामा संलग्न भएको आरोपमा शाहलाई प्रहरीले सोहीदिन गिरफ्तार गरेको छ ।
आरोपित राजुले मोरावाङ–दोमाई सडकको काममा आफू अनुकूल काम नगरेको भन्दै गाउँपालिका भित्रै कुटपिट गरेको इन्जिनियर दिपकले जानकारी दिनु भएको छ ।
इन्जिनियर दिपक आफ्नो कार्यकक्षमा काम गरिरहेको अवस्थामा तरुण दलका कार्यकर्ता शाह कार्यकक्षमा पुगेर आफुले भने अनुसार काम किन नगरेको भन्दै कुटपिट गरेको पीडितको भनाई छ ।
इन्जिनियर दिपक शाहलाई तरुण दलका अध्यक्षले कुटपिट गरेपछि गाउँपालिकामा कार्यरत कर्मचारीले आफूहरूले काम गर्दा गर्दै पनि अराजक व्यक्तिबाट कुटिन परेकाले कर्मचारीको सुरक्षाको माग गर्दै दोषीलाई कारवाहीको मागगर्दै ४ गते विज्ञप्ति प्रकाशित गरेका छन् ।
आरोपित राजुलाई प्रहरीले गिरफ्तार गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डीएसपी बिष्णु सोतीले जानकारी दिनुभएको छ । आरोपितलाई इलाका प्रहरी कार्यालय, बाँफीकोटमा नै राखिएको उहाँको भनाई छ ।
घटनाको विरोध गर्दै कर्मचारीले साउन ५ गते गाउँपालिकाबाट हुने कार्यालयका सबै काम बन्द गरेका छन ।
पीडितले हालसम्म कहीँ उजुरी दिएका छैनन । सामान्य घाइते भएका पीडितको उपचार बाँफीकोट स्वास्थ्य चौकीमा भएको थियो ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…