गाउँपालिकाकाे निर्माणाधिन अस्पताल भवन अलपत्र
नेपाल सरकारले सबै स्थानीयतहमा अस्पताल बनाउने कार्ययोजना अनुरुप थालिएको मंगला गाउँपालिकाको अस्पतालको भवन निर्माणको समय सकिएको भए पनि सम्पन्न हुन नसक्दा निर्माणधिन अस्पताल भवन हाल अलपत्र जस्तै भएको छ ।
निर्माणको जिम्मा लिएको ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण उक्त अस्पताल भवन निर्माणको कार्य विगत डेढ वर्ष देखि ठिक तबरले अगाडी बढ्न सकेको छैन । २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भवनको भौतिक प्रगति १० प्रतिशत मात्रै भएको छ ।
मंगला गाउँपालिकाका साथै बेनी नगरपालिकाको ४ नम्बर वडाका केहीले सेवा लिन सक्ने उक्त अस्पताल भवन निर्माण हुन ढिलाई हुँदा सर्वसाधारणहरुले जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता भएको छ । अस्पताल बनेपछि गाउँमै सेवा लिने आशा थियो तर भवन निर्माण नै कहिले हुने टुंगो नहुँदा निराश बनेका छौ– स्थानिय वासिन्दा चिरञ्जीवी शर्माले भन्नुभयो ।
सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पतालन संचालन गर्ने योजना अनुसार २०७७ पुस १५ गते गाउँपालिकाको वडा नम्बर ५ स्थित हाँडेभिरमा अस्पताल भवनको शिलान्यास गरिएको थियो । अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौंसँग दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमै ९ करोड ११ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियोे ।
मुख्य ठेकेदारबाट पेटी ठेक्का लिएका ठेकेदारले समयमै काम नगर्दा योजना समयमै सम्पन्न हुन नसकेको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर नगेन्द्र सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो –‘भवन निर्माणलाई गति दिन गाउँपालिकाले पटकपटक ताकेता गर्दा पनि ठेकेदारले खासै चासो दिएनन् मुख्य ठेकेदार र पेटी ठेकेदारका बीच आपसी विवादका कारण भवन निर्माणले समयमै गति लिन नसकेको हो ।’
गाउँपालिकाले पटक पटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुरुप केही दिन पहिला काममा केही मजदुर खटाइएको उहाँले बताउनुभयो । २०८१ असार मसान्त सम्म ठेक्का सम्झौताको म्याद थपिएको उहाँले जानकारी दिनुभयो ।
भवन निर्माणको काम समयमा अगाडि नबढ्दा सङ्घीय सरकारबाट प्राप्त हुने बजेट प्राप्त गर्न कठिनाई भएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ‘योजनाको कार्यसम्पादन प्रगति प्रतिवेदनका आधारमा मात्र बजेट प्राप्त हुने हो । तर ठेकेदारले काम नगर्दा बजेट आउने कुरा पनि भएन’ उहाँले बताउनुभयो ।
आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको ३५ कोठा भएको अपाङ्गमैत्री भवन निर्माण हुने योजना रहेको छ । अस्पतालका लागि गाउँपालिकाले अर्मन स्वास्थ्यचौकी परिसरमा आठ रोपनी जग्गा व्यवस्थापन गरेको थियो ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…