गाउँगाउँमा बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव
'घरमा पत्नी, छोरी र आमा बिरामी भएको नौ दिन भयो । बिरामीमा घाँटी दुख्ने, ज्वरो आउने, फुट्ला जस्तो गरेर टाउको दुख्ने, पखाला लाग्ने समस्या छ । घरबाट झण्डै आधा घण्टा लाग्ने बारीगाउँमा भएको लौठी स्वास्थ्य चौकीमा लगातार तीन दिन गएँ । तर, त्यहाँ सिटामोलसमेत छैन भनेर स्वास्थ्यकर्मीले रित्तो हात घर फर्काए । घरका सबैलाई बिरामीले निकै सताएपछि ज्वरो आएपनि म चार घण्टा पैदल हिडेर श्रीनगर इलाका स्वास्थ्य चौकीमा पुगे । त्यहाँको स्वास्थ्य संस्थामा समेत औषधि पाइन । अन्तमा स्थानीय निजी औषधि पसलबाट १ हजार २ सयको औषधि किनेर लगेँ ।'-घरका बिरामीलाई औषधिको खोजीका लागि स्वास्थ्य संस्था धाइरहेका अदानचुली गाउँपालिका-५ कर्गैइका दिपबहादुर रोकायाले सदरमुकाम सिमकोट देखि ४४ कोष दक्षिण पर्ने अदानचुली गाउँपालिकामा भएको श्रीनगर इलाका स्वास्थ्य चौकी बाहिर इन्सेक प्रतिनिधिसँग पोखेको वास्तविक भोगाइ हो यो ।
गएको वैशाखदेखि बिस्तारै फैलिँदै आएको रूघाखोकीले हरेक गाउँमा १५ देखि २५ जनाको सङ्ख्यामा बिरामी परेपछि धेरै बिरामीले रोकाया जस्तै पिडा भोग्नु परेको छ । सदा झैँ यो वर्षपनि वैशाख यता सामान्य भन्दा केही बढी सङ्ख्यामा बिरामी बढेपनि स्वास्थ्य संस्थामा औषधि नभएपछि समस्या भएको लौठी स्वास्थ्य चौकी बारिगाउँका अहेब हरिश्चन्द्र छत्यालले बताए ।
उनका अनुसार पहिलेको तुलनामा अहिले जिल्लाको दक्षिण भेगका हरेक गाउँमा बिरामीको सङ्ख्या बढेको छ । अन्य समयमा दैनिक ५ देखि १० जना बिरामी आउने लौठी स्वास्थ्य चौकीमा अहिले २० देखि २५ जना पुगेका छन् ।
स्वास्थ्य संस्थामा आउने बिरामीमा रूघाखोकी, पखाला, ज्वरो आउने जस्ता समस्या देखिएको अहेब छत्यालले बताए । उनले भने-एकातर्फ मौसम परिवर्तन हुनु, जेठमा पाक्ने नयाँ गहुँबाली खानु र अर्कोतर्फस्वास्थ्य संस्थामा आवश्यक परेको वेलामा औषधि नभएकोले पनि यो समस्या थप बल्झिँदै आएको छ ।'
श्रीनगर इलाका स्वास्थ्य चौकी आसपासका गाउँहरूमा पनि सामान्य अवस्था भन्दा अहिले बिरामीको सङ्ख्या बढेको उपचारका लागि स्वास्थ्य संस्थामा आएका श्रीनगर कल्खेका धनलाल भियालले बताए । अधिकांश बिरामीलाई ज्वरो आउने, सुख्खा खोकी लाग्ने, टाउको दुख्ने समस्या भएपनि गाउँमा भएको सामुदायिक स्वास्थ्य क्लिनिक श्रीनगर गाउँपालिका-८ मा गएको दुई महिनादेखि स्वास्थ्यकर्मी नभएपछि थप समस्या भएको बताए ।
सदरमुकाम सिमकोटसँगै जोडिएको डाँडाफयामा पनि समस्या उस्तै छ । पछिल्लो समयमा बिरामीको सङ्ख्यामा वृद्धि भएको सिमकोट गाउँपालिका-७ टुलिङ्गका नन्दबहादुर शाहीले बताए । आफ्नो घरका दाजु र दुई जना बालबालिका बिरामी परेपछि ०७४ असार १ गते डाँडाफया स्वास्थ्य चौकीमा गएपनि पखालाको सामान्य औषधि बाहेक अन्य औषधि नभएपछि रित्तो हात लिएर फर्केका शाहीले अन्य औषधि सदरमुकाम सिमकोटको निजी औषधि पसलबाट खरिद गरेको बताए । उनका अनुसार डाँडाफयाको चौगनफया, टुलिङ्ग, धारापोरी, स्याँडामा समेत रूघाखोकीका बिरामी पहिला भन्दा बढ्दै आएका छन् ।
असार महिना लागेसँगै सदरमुकाम सिमकोटमासमेत बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । गएको वैशाख ७ गते ३० जना बिरामी मात्रै आएको जिल्ला अस्पताल सिमकोटको ओपीडिमा असार ४ गते मात्रै ६२ जना बिरामी आएका ओपिडी शाखाका रामकुमार रावतले जानकारी दिए । मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या बढेको निमित्त जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेशवावु श्रेष्ठले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…