गल्याङ नगरपालिकाको न्यायिक समितद्वारा सतप्रतिशत मुद्दा फर्स्यौट
गल्याङ नगरपालिकाको न्यायिक समितद्वारा सतप्रतिशत मुद्दा फर्स्यौट भएका छन् ।
नगरपालिकाको न्यायिक समितिमा ०७७ /०७८ मा दर्ता भएका १ सय ३६ ओटा मुद्दाहरुमा १ सय ३६ ओटा मुद्दा फैसला भएको न्यायिक समितका संयोजक तथा गल्याङ नगरपालिकाका उपमेयर देवि थापाले बताउनुभयो ।
फैसला भएका सबै मुद्दाहरु छलफलको प्रक्रियाबाट फैसला भएको उहाँले जानकारी दिनुभयो ।
न्यायिक समितिमा पर्न आउने मुद्दाहरु को प्रकृति हेर्दा न्यायिक समितिले फैसला गर्न मिल्ने दायरा भित्र का मुद्दा हरुमा आलीधुर, बाध, कुलो वा पानीघाट्को बाड्फाट तथा उपयोग शीर्षकमा १२ ओटा दर्ता भएका छन् । जसमा सात ओटा मेलमिलाप गरिएको र पाँच ओटा निरोपणमा मिलाएको बताउनुभयो ।
घाँस दाउरा सम्बन्धी ओटा मुद्दा दर्ता भएकोमा पाँच ओटा मेलमिलापबाट र चार ओटा निरोपणबाट फैसला भएका छन् ।
त्यस्तै नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमदनी अनुसार खान लाउन वा शिक्षादिक्षा नदिएको भनी ३१ ओटा मुद्दा दर्ता भए जसमा १६ ओटा मेलमिलाप र १३ ओटा निरोपण गरिएको छ भने दुई ओटा बाँकी रहेका छन् ।
घर जग्गा सम्बन्धी एक मुद्धामा मेलमिलाप गरिएको छ ।
सार्वजनिक स्वामित्वको प्रयोग रहेको शीर्षकमा १७ ओटा मुद्दा दर्ता भएको छ । जसमध्ये १३ ओटा मेलमिलाप , दुई ओटा निरोपण र दुई ओटा बाँकी रहेका छन् ।
त्यस्तै सरकारी ,सार्वजनिक वा सामुदायिक बाहेक एकको हकमा तीन ओटामुद्दादर्ता भएकोमा तीन ओटै मेलमिलाप गरिएको छ ।
पति पत्नीबिच सम्बन्धबिच्छेद शीर्षकमा पाँच ओटा मुद्दा दर्ता भएकोमा तीन ओटा मेलमिलाप र दुई ओटा निरोपण भएको छ ।
पशुपन्छी छाड सम्बन्धी एक ओटा मुद्दा दर्ता गरी मेलमिलाप गरिएको छ ।
अर्काको हक भोगमा रहेको जग्गा भोग चलन शीर्षकमा २१ ओटामा दर्ता भएकोमा २० ओटा मेलमिलाप भएको छ भने एक ओटा बाँकी र प्रचलित कानुन बमोजिम मा २९ वटा दर्ता भएको र २८ ओटा मेलमिलापका साथै एउटा बाँकी रहेको बताउनुभयो ।
फैसला भएका मुद्दाहरु दुवै पक्षको सहमतिमा मिलापत्र भए भने तीन ओटा मुद्दा अदालत समक्ष पेश गरेको पनि जानकारी दिनुभयो ।
उहाँले न्यायिक समितिको छलफलमा भएको फैसलाले पुनः विवाद नभएको र नागरिकहरु ले सजिलोसँग न्याय पाएको पनि बताउनुभयो ।
तिलकुमारी थापा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…