गर्भवती महिलाहरु सुत्केरी पोषण भत्ता पाउनबाट बञ्चित
सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँका १७ जना गर्भवती महिलाहरू सरकारले दिने सुत्केरी पोषण भत्ता पाउनबाट बञ्चित भएका छन् ।
स्वास्थ्य संस्थामा आठ पटकसम्म गर्भ जाँच गराउनका लागि डेढ घण्टाको पैदल हिडेर सोही वडाको स्याँडा स्वास्थ्यचौकीमा जाने तर सुत्केरी गराउन नआउने भएपछि गर्भ जाँच र प्रसुती गृहमै सुत्केरी भए बापतको उपलव्ध हुने सुत्केरी पोषण भत्ता वा यातायात खर्च गरी तीन हजार रुपियाँ पाउनबाट बञ्चित भएको खोल्सी आधारभूत स्वास्थ्य ईकाइका अहेव धिरेन शाहीले बताउनु भएको छ । स्वास्थ्य संस्थामै सुत्केरी नभएकै कारण उक्त भत्ता उपलव्ध नगर्ने कानुनी प्रावधान भएकै कारण सो रकम उपलव्ध नभएको अहेव शाहीले बताउनु भयो ।
गत आर्थिक वर्षमा उक्त गाउँमा १७ जना गर्भवती महिला थिए । तर ति सबै जना गाउँकै गोठमा सुत्केरी गराइयो । उनीहरु मध्ये एक जना जटिल अवस्था भएपछि जिल्लामा उद्धार गर्नुपरेको थियो । तर शिशुको भने बिचबाटोमै मृत्यु भएको र आमाको भने ज्यान बच्न सफल भएको अहेव शाहीको भनाइ छ ।
गाउँबाट डेढ घण्टा टाढा रहेको स्याँडा स्वास्थ्य चौकी र आधा घण्टा टाढाको चौगानफया आधारभूत स्वास्थ्य केन्द्रमा जान खोजे पनि परिवार र गाउँलेले सहयोग नगरेका कारण सबै गर्भवती महिला गाउँमै सुत्केरी हुन बाध्यता रहेको सोही ठाँउकी स्थानीय पविता शाहीको गुनासो गर्नु भयो । गाउँबासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अभिभावकले अटेरी गरेका कारण महिलाहरूले गोठ गोठमा सुत्केरी हुनु परेको स्थानीय महिला दुर्गा शाहीले पीडा सुनाउनु भयो ।
सिङ्गो खोल्सीगाउँका गर्भवती महिलाहरू घरकै गोठ गोठमा सुत्केरी हुने गरेको सिमकोट गाउँपालिका–८ का वडा अध्यक्ष कमल बुढाले बताउनु भयो । उहाँले यसरी गोठमै सुत्केरी गराउने कार्य राम्रो नभएको कुरा सम्झाउने प्रयास गर्दा पनि अभिभावकले नमानेपछि गाउँका गोठमै सुकेरी हुन बाध्य भएको जानकारी दिनु भयो ।
गोठमै गर्भवतीलाई सुत्केरी गराउँदा सुरक्षित नहुने र सम्भावित खतरा बारे जानकारी गराउँदा पनि गाउँवासीले नमान्ने गरेको अध्यक्ष बुढाको भनाइ छ ।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक नर भण्डारीले यो समस्या खोल्सी गाउँको लागि जल्दो बल्दो रहेको र केही समय अगाडि आफू गएर सहजीकरण गर्न खोज्दा अभिभावकले नमानेको आरोप लगाउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…