गर्भवती महिलाको मृत्युपछि सिन्धुली अस्पताल तोडफोडः अस्पतालको सेवा प्रभावित

  ०८० जेठ १० गते

कमलामाई नगरपालिका-५ सिलामेकी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको ०८० जेठ ९ गते सिन्धुली अस्पतालमा मृत्यु भएको विषयलाई लिएर आक्रोशित समूहले अस्पताल तोडफोड गरेको छ ।

Photo_080-2-10_Sindhuli.

गङ्गाको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले दिउँसो ३ बजे रिफर गरेको थियो । गर्भवतीलाई उपचारका लागि परिवारले बर्दिवासमा रहेको साई मल्टिस्पेशियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा लगेका थिए । अस्पताल पुर्‍याएकी गङ्गालाई अस्पतालले सुरुमै मृत्यु घोषणा गरेको थियो ।

मृतककी आफन्तले डाक्टरको लापरवाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै डाक्टरलाई कारबाहिको माग गरेका थिए । अस्पतालमा ढुङ्गा, मुढा र लाठ्ठीसहित मृतकका आफन्त तथा परिवारले तोडफोड गरेका हुन् ।

आक्रोशित समूहले जेठ ९ गते सिन्धुली अस्पतालको, इमर्जेन्सी कक्ष, ओपिडी बिरामी जाँच कक्ष, बिरामी बस्ने वार्ड, औषधि पसल, आँखा अस्पताल लगाएत अस्पालको भौतिक संरचनामा क्षति पुगेको छ । आन्दोलनकारीका कारण सिन्धुली अस्पतालमा बिरामी बस्ने वेडदेखि बिरामी जाँच गर्ने कक्ष सिसा नै सिसाले भरिएको छ ।

Photo_080-2-10_Sindhuli..

अस्पतालको भौतिक संरचनामा भएको क्षतिका कारण ओपिडि सेवा सञ्चालन गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष सतिसचन्द्र ढकालले जानकारी दिनुभयो ।

आक्रोशित समूहको भिडले अस्पताल घेराउ र तोडफोड गर्दा आकस्मिक सेवा समेत बन्द भएको छ । अस्पतालमा भर्ना रहेका बिरामीको डिस्चार्ज गरी स्वास्थ्यकर्मीहरूले अस्पतालका सबै सेवा बन्द गराएका छन् ।

अस्पताल प्राङ्गणमा भएका सवारी साधनहरूमा समेत तोडफोड गरिएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार राती तोडफोडका क्रममा प्रहरीसँग झडप हुँदा प्रहरी इन्सपेक्टर रामभक्त भट्टराई र प्रहरी हवल्दार समेत घाइते हुनु भएको छ ।

Photo_080-2-10_Sindhuli

घाइते दुवै जनाको सिन्धुली अस्पताल मै उपचार गरिएको छ । आन्दोलनकारीले विपी राजमार्ग करीब एक घण्टा अवरुद्ध गरेका थिए । टायर बालेर उनीहरूले सडक अवरुद्ध गरेका थिए ।

त्यस्तै अस्पताल अगाडी पेट्रोल खन्याएर निर्माणाधिन अस्पतालका काठहरू सडकमा ल्याएर आगो बालेका छन् भने निर्माण सामग्रीमा समेत क्षति पुर्‍याएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सुरक्षा निकाय सहितको सर्वपक्षिय बैठक बसि रहेको छ । मृत डाक्टरलाई कारबाहीको माग, क्षतिपुर्ति दिनु पर्ने, दुई ओटा छोरीको शिक्षा स्वास्थ्यको ग्यारेन्टि गर्नुपर्ने माग गरेका छन् ।

अपडेटः यसैबीच ०८० जेठ १० गते अपराह्न अस्पताल प्रसाशन र पीडितका आफन्तबीच सहमति भएको छ ।


नबीनबाबु अधिकारी